धनगढी–सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेम बहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्तिमार्फत जनाएका छन्। वडाअध्यक्ष पुनले आफुलाई सामाजिक संजालमा गाली गरेकै भरमा कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका छन् । वडाध्यक्ष पुनले निकालेको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
केसीले यस अघि पनि विभिन्न समयमा वडाध्यक्षको बिषयलाई लिएर टिकाटिप्पणी लेख्ने गरेका थिए । केसीले उक्त वडाका वडाध्यक्ष र सदस्यलाई ‘छोटेराजा’ भन्दै फेसबुकमा विभिन्न खाले टिप्पणी गर्दै आइरहेकोले उक्त टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका छन ्। केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको भनाइ रहेको छ ।
श्रोत दिनेश खवर