युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
513 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा–जिल्लाको खप्तद छेडेदह गाउँपालिकाकामा अवस्थित गाँउपालिका स्तरिय बाल सञ्जाल उच्च दरमा रहेको बालविवाहको दर कम गर्न सफल भएको छ । करिव दइ वर्षको निरन्तरको लामो प्रयास पच्श्रात पालिकामा उच्च दरमा रहेको वालविवाहको दर कम गर्न सफल भएको हो । पछिल्लो समयमा घट्दो दरमा रहेको बाल विवाहको दर कम हुनुमा महिला बिकास मञ्च बाजुराले पनि सक्रिय भुमिका निर्वाह गरेको छ । यतिवेला पनि ७ वटै वडाका साविका वडाहरुमा महिला बिकास मंच बाजुराको आयोननामा एक दिने अन्तरक्रिया कार्यक्रम चलिरहेको छ ।

महिला विकास मञ्च बाजुराको आयोजनामा पालिका स्थित साविका प्रत्येक वडामा पत्रकार नन्दा थापा सहित अभिभावक संग खुला अन्तरक्रिया कार्यक्रम चलिरहेको महिला बिकास मञ्च बाजुरा खप्तड छेडेदह गाँउपालिकाका सामाजिक परिचालक देव बहादुर सेरालाले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

बिकास मंच बाजुराले खप्तड छेडेदह गाउँपालिकामा उच्च दरमा रहेको बालविवाह न्यूनीकरण गर्नका लागि अहम भुमिका निर्वाह गर्दै आईरहेको छ । यस गैरसरकारी सस्थाले उक्त गाउँपालिकामा लागू भएदेखि हाल सम्म महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको छ । विशेष गरेर महिला तथा बालबालिका माथी आइपर्ने समस्याहरुलाई मध्यनजर गर्दै निकट भबिस्यमा आउने समस्याबाट महिला तथा बालबालिकाहरुलाई सुरक्षीत गर्न ती समस्याहरुबाट सचेत गराउनका लागि विभिन्न समयमा विभिन्न अभिमुखिकरण कार्यक्रम , गोष्ठी , गर्दै आइरहेको छ ।

विशेष गरेर बालबालिका संग सम्बन्धित समस्या अन्तर्गतको बालविवाह न्यूनीकरण गर्नका लागि गाउँपालिकाका प्रत्येक वडामा बाल क्लबहरु समिति गठन महिला बिकास मंचको पहलमा गरीएका थिए । बाल क्लब समिति गठन मात्र गरेन उक्त गठन गरिएको बाल क्लब समितिलाई सशक्त र चलायमान बनाउन पनि पटकपटक समोन्न्य र सहकार्य गर्दै आइरहेको छ । पछिल्लो समयमा बाजुराका अन्य स्थानीय तहहरुको तुलानामा उक्त गाउँपालिकाका बाल क्लबहरु सशक्त देखिन्छन् । गाउँपालिकामा पनि बाल क्लब गठन गरेको दिन देखि नै बाल विवाह न्यूनीकरणको अभियान संचालन गरिएको उक्र गाँउपालिकामा अवस्थित बाज सञ्जाल समितिले जनाएको छ ।

गाउँपालिकाले सुरु गरेको वाल विवाह न्यूनीकरणको अभियानले वालविवाहको दर कम गर्नमा टेवा पुगेको गाउँपालिका स्तरीय बाल संजाल समितिका सदस्य बिशाल बिष्ट बताउन्छ्न । गाउँपालिकामा वालविवाहको दर पहिलेको तुलनामा केही कम हुनुमा विशेष भुमिका मैला बिकास मञ्च बाजुराको पनि रहेको सदस्य बिष्टले बताए । महिला बिकास मञ्चले गाउँपलिका भित्रका वडा र पलिका स्तरका बाल क्लबहरुलाई विभिन्न समयमा अन्तरक्रिया कार्यक्रम गर्दै वालविवाहको विषयमा छलफल र परामर्श नगरेको भए बालविवाहको दरमा कमि नहुने सदस्य बिष्टको भनाइ रहेको छ ।

महिला बिकास मञ्च हामि माथिका समस्या समाधान गर्नका लागि मात्र होइन हामी माथी कुनै समस्या आइपर्दा हाम्रो अभिभावक बनेर उभिने गरेको छ । समस्या समाधानको पाटो मात्र नभइ हामी बालबालिकाहरुको अभिभावक हो वडा न १ वडा स्तरीय बाल क्लब अध्यक्ष करिष्मा बि.क बताउन्छीन । हामिले  महिला बिकास मञ्चबाट धेरै सहयोग पाएका छौ । बिश्वभरी कोभिड १९ को माहामारिले सताइरहेको बेला एहि सस्थाले हाम्रो गाउँपालिकाको प्रत्येक वडामा पुगेर कोभिड १९ स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको थियो ।हामी जोखिमबाट थप सुरक्षीत भएका थियाे । गाउँपालिका भित्रको कुनै पनि वालवालिकालाई कोभिड बाट संक्रमित हुनु परेन । हाम्रा समस्या समाधानका कुराहरू मात्र सिकाएन हामिलाई बोल्न सक्ने क्षमताको समेत अभिवृद्धि गरेको छ । हामीलाई पहिला पहिला धेरै मान्छेको अगाडि गएर बोल्न निकै डर लग्यो तर महिला बिकास मञ्चले आयोजमा गरेको अभिमुखिकरण कार्यक्रम, तालीम गोष्ठीमा धेरै पट सहभागी भई पटकपटक बोल्ने अवसर पाउँदा आज ढुक्क भएर जुनसुकै ठाउँमा गएर पनि बोल्न सक्ने आफ्ना जिज्ञासा् राख्न सक्ने आट र क्ष्मताको बिकास हामीमा भएको छ उनले भनिन् ।

हाम्रो गाउँपालिकामा पहिला वालविवाह धेरै हुन्थ्यो । यो सँस्थाले हाम्रो गाउँपालिकामा काम गर्न थाल्यो र प्रत्येक वडामा वाल क्लबहरु गठन भए । हाम्रो गाउँपलिकामा सामाजिक परिचालक समेत रहेका देव बहादुर सेराला पटकपटक प्रत्येक वडामा जानुहुन्थ्यो र वाल विवाहको बिषयमा छलफल गर्नुहुन्थ्यो । वालक्लव समिति निष्क्रिय हुँदै गयो भने उहाले बिउँझाउने काम गर्नुहुन्थ्यो । वालक्लब गठन गर्ने मात्र होइन गठन गरिएका क्लबहरुलाई सक्रिय बनाउने काम पनि उहाले गर्नुभएको थियोे । वालविवाहलाई नै न्यूनीकरण गर्नका लागी यो सस्थाकै पहलमा ७ वटै वडामा एक बर्ष अगाडि देखि नै किशोरी कक्षा संचालन भैरहेको छ । कक्षा संचालन पनि वालविवाह बढी हुने ठाउँलाई पहिचान गरि संचालन गरिएको थियो ।अहिले एक वडाका २० जना किशोरीलाई कक्षा दिईएको छ । एक वडामा कम्तिमा २० जना किशोरीहरुलाई वालविवाह हुनुबाट रोक्न मद्धत गरेको छ । २० जना किशोरीले कम्तिमा सोही वडाको अर्को ४० जना किशोरीलाई बालविवाह हुनबाट रोक्ने उदेश्य राखेको छ । एस्तै विभिन्न कार्यक्रमहरुले गर्दा पछिल्लो समयमा वालविवाहको दर पहिलाको भन्दा धेरै घटेको छ । हामिले तथ्यांक संकलन गर्दा बर्सेनि ५०÷६० जनाको दरले घटेको छ उनले भनिन ।

यो बिषयमा वडा न ५ वडा स्तरीय बाल क्लब समिति अध्यक्ष जुना बुढा भने फरक धारणा राखेकी छन । हामिले क्लबहरु गठन गरेदेखि वडा र पालिका स्तरीय वाल क्लब हालसम्म निरन्तर वालविवाह न्यूनीकरणकै अभियानमा लागिरहेको बताइन्ं । हामिले बालबालिका संग संबंधित अन्य समस्याका बिषयमा पनि आवाज उठाउदै आएको तर बिशेष प्राथमिकता भने वालविहालाई नै दिएका उनको भनाई छ । हामिले यो बिषयलाई अभियानकै रुपमा लिएका छौँ । पहिलाको तुलनामा वालविवाहको दर भने केही कम भएको छ नभएको होइन तर हामिले लक्षको नजिक भने पुगिसकेका छैनौं । हामिले सोचे जस्तो प्रतिफल प्राप्त गरेको छैनौं । हामिले करिव १४/ १५ वटा बालविवाह गर्ने जोडीलाई सम्बन्धित वडा कार्यालय र प्रहरी चौकी मार्फत अलग गरायौं । तर ती अलग गराएकाहरु धेरैजसोले पुनः विवाह गर्ने गरेका छन । वालविवाहको मुद्दालाई रिसिविका रुपमा लिने गर्छन् ।

कसैको वालविवाह गरेको जानकारी गराएपछि गाली गलोच र धम्की सुन्नु पर्ने हुन्छ । एकपटक अलग गराएपछि उमेर नपुगुन्जेल्सम्म अलग बसिदिएको भए पनि हुन्थ्यो ।कोही बस्दैन्न फेरि केही दिनमै बिहे गरिहाल्छ्न । अर्को तिर समाजका मान्छेले मुद्दालाई छुट्टै तरिकाले बुझ्ने गर्छन ।बालविवाह न्युनिकरणकै अभियानमा लागिरहंदा समुदाय स्तरबाट धेरै चुनौतीहरु सहनु परेको उनले गुनासो गरिन । समुदाय स्तरबाट जस्तोसुकै चुनौतिहरु आएपनि ति चुनौतिहरुलाई आफुहरुले सामना गर्दै आइरहेको र सवैले यसमा सक्दो सहयोग गरे बालविवाह न्यनिकरण गर्न सहज हुने उनको धारणा छ । गाँउपालिका बाल सञ्जालले सुरु गरेको अभियानले पहिलाको तुलनामा बालविवाहको दर कम गर्न सफल भएका छौँ एहि कुरामा हामी सन्तुष्ट छौ उनि भन्छिन् ।

बाल सञ्जालले गाँउपालिकामा उच्च दरमा रहेको बाल विवाह न्यनिकरण गर्दै बिस्तारै बालविवाह मुक्त गाँउपालिका बनाउने भावि उदेश्य राखेका गाँउपालिका स्तरिय बाल सञ्जालका अध्यक्ष मिन बहादुर खड्काले बताए । उदेश्यको नजिक पुगेता पनि लक्ष्य पूरा गर्न भने अझै केही समय लाग्ने खड्का बताउन्छन । बालविवाह न्यूनीकरण गर्ने अभियानमा ७ वटै वडा स्तरीय बाल क्लब गाउँपालिका स्तरिय बाल संजाल गाउँपालिका स्थित जनप्रतिनिधि बिगत तीन बर्ष एता उक्त गाउँपालिकामा कार्यरत मैला बिकास मञ्च एकिबद्दताका साथ अगाडी बढीरहेको उनले बताए ।
अध्यक्ष खड्काले बालबिबाह न्युनिकरण गर्नका लागि थालेको अभियानले सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकेतापनि पहिलाको वालविवाहको दर भन्दा केहि कम गर्न सफल भएको बताउदै उक्त अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिएका छन्

अध्यक्ष खड्का गाँृपालिकामा उच्च दरमा रहेको बालविवाह न्यनिकरण गर्दा आफुले भोगेका र बालविवाह न्युनिकरण गर्नका लागि गर्नुपर्ने प्रयासहरुका बारेमा आफ्नो अनुभव वताउन्छन । वालविहा न्यूनीकरण गर्नका लागी सर्वप्रथम स्वयंम बालबालिकाहरुमा आफैंमा सचेत हुनुपर्ने उनको भनाई रहेको छ । एउटा बालक्लब र जनप्रतिनिधि मात्र सक्रिय नभएर सरोकारवाला निकाय र अभिभावक पनि सक्रिय हुनुपर्ने र सकेसम्म आफ्ना छोराछोरीले वालविवाह गरेमा स्वयंम आमाबाबाले नै उनीहरुलाई उमेर नपुगुन्जेल्सम्म आफ्नो निगरानीना राख्न सके वालविवाह न्यूनीकरण गर्न थप सहयोग पुग्ने उनको बिचार छ । गाँउपालिका स्तरिय बाल सञ्जालले वालविवाह मात्र नभइ बाल बालबालिकासंग सम्वन्धित कुनै पनि समस्या समाधानका लागि पहल गर्दै आइरहेको अध्यक्ष खडेकाले बताए । गाँउपालिका भित्रकै एउटा १५ बर्षिया किशोरी बलतकुत हुदा बाल सञ्जालले उक्त बालिकालाई न्याए दिलाउनका लागि पहल गरेको र दोषी हालसम्म पनि कारागारमै रहेको उनले बताएका छन । गाँउपालिका भित्रका बालबालिकाहरुको हक अधिकार सुुनिस्चित र बालबालिका माथिका समस्या समाधानका लागि स्थानिय सरकार संग पटक–पटक मागहरु राख्दै आइरहेको खड्काको भनाई छ ।

पछिल्लो समयमा बालविवाह हुनुमा बढी कमजोरी भने स्वयंमा बालबालिकाहरुको रहेको देखिन्छ । बिगतका दिनहरुमा अशिक्षा, व्यरोजगारी,गरिबी र चेतनाको कमिका कारणले समुदाय स्तरमा वालविवाह हुन्थ्यो भने पछिल्लो समयमा यी कारणहरुले नै बालविवाह हुने गरेको अवस्था भने पाइएको छैन । पछिल्लो समयमा अधिकान्स बालविवाह संचारको दुरुपयोग र अर्काको देखासिकिमै हुने गरेको पाइएको छ । पहिला जस्तो सानै उमेरमा पारिवारिक समस्याका कारण बिहे गरिदिने चलन भने एकदमै न्यून भैसकेको अवस्था छ । बालविवाह कसैले गर्न लगाएको अथवा गरिदिएको घटना भने अहिलेसम्म कतै पनि सुन्नमा आएको छैन । बिगतका दिनहरूमा धेरैजसो दुर्गम पहाडी जिल्लाका केही बस्तिहरु जहाँ शिक्षाको पहुँचबाट मानिसहरू बन्चित थिए । जहाँ अधिकान्स मानिसहरु अशिक्षित नै थिए । र मानिसमा चेतनाको बिकास पनि त्यति भएको थिएन । त्यसकारण वालविवाह धेरै हुँदै आइरहेको पनि थियो तर अहिलेको अवस्थामा अशिक्षा र चेतनाकै कमिका कारण वालविवाह गरेको घटना भने बाहिर आएका छैनन् ।

गाँउपालिका स्तरिय बाल सञ्जालले सुरु गरेको अभियानले पछिल्लो समयमा गितका बर्षहरुको तुलनामा बालविवाहको दर कम गर्न सफल हुने बाल सञ्जालले गरेको काम सम्मानजनक भएको गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतले बताए । अध्यक्ष रावतले लोकतन्त्र बिहमानी मिडीया संग कुराकानी गर्दै उक्त अभियानमा साथ दिने सवैलाइै पुनः पनि बिगतका दिनहरुमा जसरी नै सक्रिय भएर लाग्न अनुरोध समेत गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!