बाजुरा– करिव २ हजार भन्दा बढी शेयर सदस्य भएको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले २० औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको शुक्रबार समुद्घाटन सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष अशोक कुमार रावलको अध्यक्षतामा संचालन भएको हो । उद्घाटन कार्यक्रमम प्रमुख अतिथी नेपाली काँग्रेस बाजुराका उप सभापति तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनु भएको थियो ।
त्यस्तै साधारण सभा तथा अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य दीलबहादुर कुँवर,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देवबहादुर रोकाया,नेकपा माओवादी केन्द्रका कार्यालय सचिव गोरख सार्की,एकिकृत समाजवादी पाटीका सचिव पुरबहादुर रावत विशिष्ट अतिथी रहेका थिए ।
संस्थाकामा शेयर सदस्य रहेर विबिध विधामा काम गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । सहकारमा शेयर सदस्यहरुले अन्य बिधामा गरेको कामको उच्च कदर गर्दै साधारण सभाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा विद्युत महसुल समयमै तिर्ने किट्टो रावल, विर्खराज पाण्डे, धुर्वराज पण्डित र देवी खत्रीलाई प्रमाण–पत्र सहित सम्मान गरिएको हो ।
संस्थताको ऋण असुल गर्ने असल ऋणीलाई पनि प्रमाण–पत्र तथा सम्मान गरिएको संस्थाका ब्यबस्थापक दयाराम पण्डितले जनाएका छन् । यसरी सहि समयमा ऋण असुल गरी ईमान्दारीतामा सम्मान पाउनेहरुमा ज्ञानी रावल, देवबहादुर सार्की, सुनमती रावल, टेकबहादुर खत्री, सरिता उखेडा र रुपा रावल रहेका छन ।
सहकारीका बाल बचत कर्ता केशव रानालाई पनि सम्मान गरिएको छ । सहकारीमा नियमित रुपमा बचत गर्दै आएका गिता रावल, नन्दराम पण्डित, बीर बहादुर रावल, धनमल रोकाया र धनमति रावललाई पनि असल बचत कर्ताको सम्मानका साथै प्रमाण पत्र पाएका छन् । संस्थाका पुर्व अध्यक्ष भीमबहादुर रोकाया, सचिव धर्मराज पाध्याय, रोशन श्रेष्ठलाीई पनि दोसल्ला वडाएर प्रमाण पत्रले सम्मान गरेको छ ।

सहकारी संस्था ऋण समिति सदस्य माया खड्का (कुँवर) ले संस्थामा शेयर सदस्य बनाउनमा आयाम भूमिका निर्वाह गरेको उच्च कदर गर्दै संस्थाले प्रमाण पत्र सहित सम्मान गरिएको संस्थाका पुर्व सचिव धर्म बोहराले जानकारी दिए । जिल्ला स्थित तीन सुरक्षा निकायलाई जिल्लाको सुरक्षामा अहम भुमिका निर्वाह गरेको भन्दै कदर पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । सहकारी मार्फत संचालन गरिएको विद्युतको कार्यमा सहयोग गर्दै आएका दुर्गाभजन गल्म, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय बाजुरालाई पनि कदर पत्र सहित सम्मान गरिएको छ ।
संस्थाका उपाध्यक्ष उमा रोकायाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव जनक थापाले गरेका हुन ।
साधारण सभाको उद्घाटन कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदन,आर्थिक वर्ष ०७८÷०७९ को प्रस्तावित निती तथा कार्यक्रम पेश गरिने संस्थाका सचिव जनक थापाले बतएका छन । शुक्रबार नै उद्घाटन सत्र सकिने भएको छ । उद्घटन सत्र पश्चात शनिबार विहानबाट बन्द सत्र भै नयाँ कार्य समिति गठन प्रकृया अगडी बढाइने भएको छ । जिल्लामा सबै भन्दा बढी शेयर सदस्य भएको संस्था भएकोले २० औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट नेतृत्व चयन गर्न भने निकै सकस पर्ने भएको छ ।
सहमतिका आधारमा नयाँ कार्य समिति गठन गर्न सम्भव नभए पछि कार्य समिति गठन निर्वाचन प्रकृयामा जाने सम्भावना रहेको छ । २० औँ बसन्त पार गदै आएको जिल्लाको सबै भन्दा बढी शेयर सदस्य भएको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले बैंकिङ्ग कारोबार संचालनका साथै जिल्लामा संचालिन साना जलबिद्युत आयोजना पनि बिगत १० बषर्् देखि २५ बर्षका लागि सम्झौता गरी संचालन गर्दै आएको छ ।











