युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
89 पटक पढिएको

धनगढीः नेपाली काँग्रेस कैलालीले पनि अधिवेशनको मिति तय गरेकाे छ । अधिबेशनको मिति तय भैसके पश्चात नेता तथा कार्यकर्ता चहलपहल बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा पालिका स्तरको अधिवेशन भइसकेको अवस्थामा कैलाली जिल्लामा भने आजदेखि वडा अधिवेशन भइरहेको छ । आज जिल्लाका १ सय २६ वडामा एकैसाथ अधिवेशन गरिने नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

क्रियाशिल सदस्य विवादको कारण कैलालीमा वडा अधिवेशनको मिति सर्दै आएको थियो । वडा अधिवेशनबाट छनोट हुने प्रतिनिधिहरुले जिल्ला कार्यसमितिको सभापति र पदाधिकारी को हुने भन्ने निक्यौल गर्ने भएकोले जिल्ला सभापतिको दौडमा रहेका नेताहरु निकै व्यस्त देखिएका छन्। सभापतिका दाबेदार भीम बडुवालले आफू पाँच वर्षदेखि चुनावी मैदानमै रहेको बताए । अघिल्लो अधिवेशनमा आफु दोस्रो भएको उनले बताए । स्वाभाविक रुपले नै म त वेटिङ पार्टी सभापति हो नि, उनले भने, म पाँच वर्षदेखि चुनावी तयारीमै छु अव मलाई पनि सबैले सहयोग गर्नु पर्छ ।

कैलालीमा नेपाली काँग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन्। सभापतिको दौडमा आफू पनि रहेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले बताए । मैले आफ्नो वडामा त पहिले पनि सभापतिको उम्मेद्वार आफू हुने भनेको छु, उनले भने, वडा अधिवेशन सम्पन्न भएपछि औपचारिक घोषणा गर्ने तयारी छ । बम, बडुवाल, ओडसंगै नारायणदत्त भट्ट, गणेश देउवा र खेमराज चौधरीको नाम पनि चर्चामा छ ।

यता आज हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कैलाली काँग्रेसले जनाएको छ । कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ । यो पटक ६ जना नेताले सभापति हुन चाहेको काँग्रेस जिल्ला सभापति नरनारायण शाह मनुले बताए । अहिलेसम्म ६ जना नेताले सभापतिको उम्मेदवार हुने इच्छा जाहेर गरेका छन् । उनले भने, वर्तमान उपसभापति प्रकाश बम, पूर्व सभापति नारायणदत्त भट्ट, महासमिति सदस्य भीम बडुवाल, नेता खेमराज चौधरी, धनगढीका मेयर नृपबहादुर वड र गणेश देउवाले सभापतिमा उठ्ने बताएका छन ।

कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ। यसैगरी सबै वडा र १३ पालिकामा निर्वाचन अधिकृत र निर्वाचन व्यवस्थापनका सबै सामाग्री पुगी सकेको कैलाली काँग्रेसले जनाएको छ ।

आजको दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!