धनगढी–लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड ठेक्का लगाएर वर्षौँदेखी अलपत्र पारेको भन्दै जिल्लावासीले विरोध गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री,सचिव र सडक विभागका महानिर्देशकको तस्बिर सार्वजनिक सवारीमा टाँसेर जिल्लावासीले विरोध जनाएका हुन्।
सवारीसाधनमा मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो टाँसेर विरोध प्रदर्शन गरेका छन्। वर्षौंदेखि सडक अलपत्र पारेर नागरिकलाई सास्ती दिइएको मुडे–चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए। राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरु कानमा तेल हालेर बस्दा सडक अलपत्र परेकाे उनकाे भनाइ रहेकाे छ ।राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरुकाे ध्यानकर्षण गराउनका लािग उनीहरुको फोटो टाँसेर विरोध गर्न बाध्य भएको उनले बताए।
एक्जिम बैंक अफ ईण्डियाको सहयोगमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सडक विभागले उक्त सडक २०७२ मा ठेक्का लगाएको थियो। तर, करिब ६ वर्ष बित्दासमेत सडक अलपत्र अवस्थामा छ ।
श्राेत दिनेश खबर











