बाजुरा–जिल्लाको स्वामिकार्तिक गाँउपालिकामा वडा नम्बर ३ स्थित जुकुका ८ जनाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्वामिकार्तिक काँग्रेस बाजुराले आयोजना गरेको चियापान कार्यक्रमको अवसर पारी स्वामिकार्तिक गाँउपालिकाका ८ जनाले प्रवेश गरेका हुन् ।
प्रवेश हुनेमा स्वही गाउँपालिका वडा नम्बर ३ स्थित जुकुका धनरुप कटेल, सोर्वण कटेल, निराजन कटेल, अनन्त महतारा, खगेन्द्र महतारा, बिवेक कटेल, शुक रोकाया र नवराज न्यौपानेरहेका छन ।
नव प्रवेशीहरुलाई नेपाली काँग्रेस बाजुरा जिल्ला प्रदेश ’क’ का सभापति राम बहादुर बोहोरा, जिल्ला सदस्य अन्तिम शाही, प्रदेश सचिव जनम धामी र स्वामिकार्तिक खापर गाउँपालिकाका पाटी सभापति महेश कटेल लगायतले काँग्रेसमा स्वागत गरेका थिए ।