बाजुरा–नेकपा एमाले बाजुरा जिल्ला कमिटि सदस्य श्रृष्टी रेग्मीले सदस्यको हैसियतमा काम गरिरहन औचित्य नभएको भन्दै नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा रिएकी छन् । बुढिनन्दा नगरपालिकाकी उप प्रमुख समेत रहेकी रेग्मीले नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै राजिनामा दिएकी हुन ।
रेग्मीले नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा दिएको निवेदन मार्फत बताएकी छन् । सोमबार बिहान नेकपा एमाले महाधिबेशन प्रतिनीधी छनौटमा आफुलाई नहालेकोले राजिनामा दिएको हुन सक्ने आकलन गरिएको छ ।