युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
137 पटक पढिएको

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ माझिगाँउ माइति घर भई खप्तड छेडेदह गाँउपालिका वडा नंं ६ सुदाडा पोइली घर भएकी मानसिक सन्तुलन गुमाएकी २६ बर्षिया मिना नेपाली र अर्का एक जना अपरिचित दभारतिय नागरिकको अवस्था सुधार हुदै गएको छ ।

यहि कात्र्तिक १७ गतेका दिन बिभिन्न जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायहरु लगायत मानव अधिकार संजाल बाजुरा, सेभ हाउस बाजुरा, सुरक्षा निकायका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, प्रहरी निरिक्षक बलेन्द्र नाथ र बडीमालिका नगरपालिकाका मेयर पदम बहादुर बडुवाल संगको समन्वयमा संगको लामो समन्वय गरी अथक प्रयास पश्चात पुर्ण रुपमा मानसिक सन्तुलन गुमाएकी मिना नेपाली र एक जना अपरिचित भारतिय नागरिकलाई लोकतन्त्र विहानी मिडिया हाउसले उद्वार गरी धनगढी स्थित मानव आ्रश्रम केन्द्रमा पठाइएको थियो ।सरोकारवाला निकायको समोन्नय र बडिमालिका नगरपालीकाको आर्थिक सहयोग र मिडीया हाउसको पहलमा धनगढी स्थित मानव आ्रश्रम केन्द्रमा पठाइएका दुवैको अवस्थामा सुधार हुदै गएको खवर प्राप्त भएको छ ।

मानसिक सन्तुलन गुमाएकी नेपाली र अपरिचित भारतिय नागरिक पहिलाको तुलनामा धेरै सुधार हुदै गएको धनगढी स्थित मानव आ्रश्रम केन्द्र कैलाली जिल्ला संयोजक अच्युत घिमिरेले जानकारी दिएका छन् । मानसिक सन्तुलन गुमएका दुबैको उपचार भइरहेको उनले बताए । उनका अनुसार तत्काललाई उनिहरुलाई सामान्य सान्त तरिकाले बस्न सक्ने खालका औषधीहरु निरन्तर सेवन गराउने गरेको बताइएको छ । उनिहरुको अवस्था पु्र्ण रुपमिा कहिलेसम्म सुधार हुने भन्ने कुरा एकिन भन्न नसकिने र उनिहरुको मानसिक अवस्था सुधार हुने नहुने कुरामा कुनै दुई मत नभएको संयोजक घिमिरेको भनाई छ । औसधि सेवन गर्नु पुर्व कसैसंग केहि नबोल्ने अपरिचित भारतिय नागरिक अहिले जो कोहिले बोलाउदा सामान्य कुराकानी गर्न सक्ने भएका छन् । पहिला पटक–पटक जे मन लाग्यो त्यहि बोल्ने नेपाली औसधि सेवन गरेपछी केही कम बोल्ने गरेकी छन् । उनको धेरै बिडी खाने बानी रहेछ । हामिले बिडी खान नदिएपछी बिडी माग्छन पहिला जसरी पटक–पटक बोल्ने गरेकी भने छैनन् यँहा पुगेको दुई चार दिन भने निकै सताएका थिए । पहिलाको तुलनामा धेरै कुराहरु सुधार भएको देखिन्छ उनले भने ।

यसरी पठाइएकाे थियाे हर्नुहाेस

निज मानसिक सन्तुलन गुमाएकी नेपालीलाई धनगढी पठाए पछि कार्तिक २० गते तिहारको टिकाको दिन लोकतन्त्र विहहानी मिडिया हाउसको टिम उनको घरको अवस्था बुझ्न जाँदा उनिह्ररुको अबस्था निकैनै दयनिय रहेकोे पाइएको हो ।त्यँहा गएर उनको पारिवारिक अवस्थाको बारेमा बुझ्दा उनका दुई छोराहरु ६० बर्षिया सुगर रोगबाट ग्रस्त सासु भुजी नेपाली संग अर्काको घरमा बसिरहेको पाइएको थियो । दुइ छोरा र ६० बर्षिया सुगर रोगबाट ग्रसित सासुको अवस्था दयनिय रहेको पाइएको थियो । अबस्था निकैनै दयनिय रहेका उनिहरु भारतबाट नेपाल फर्केको एक महिना पनि नपुगेको र सुगरको रोगबाट ग्रसित ६० बर्षिया हजुरआमा भुजी नेपालीसंग अर्काको घरमा सुगर पिडित सासुका बास बस्दै आइरहेका दुई बालकहरुक बिचल्लीमा रहेको र सुगर रोगबाट ग्रसित भुजी नेपालीको अवस्था पनि निकै दयनिय रहेको खवर बुझ्न गएको मिडिया हाउसको टिमले उनिहरूकाे अवस्था  बारे  समाचार समेत प्रकाशन गरेको थियो । बिचल्लीमा रहेका ति दुई बालकहरुको बुवा पनि मानसिक सन्तुलन गुमाएर अलपत्र परेको सासु भुजी नेपालीले बताएकी थिइन ।

आमा र बुवा दुबैले मानसिकि सन्तुलन गमाए पछि  नाबालकहरूकाे पठनपाठन र पालन पोषणमा लागि निकै समस्या परेको बिचल्लि अवस्थामा रहेका ति बालककी हजुरआमा भुजी नेपालीले बताएकी थिइन् । लोकतन्त्र विहानी न्युजका प्रधान सम्पादक राम बहादुर दानी लगायतको टिमले उनिहरुको अवस्थाको वारेमा बुझ्न जाँदा उनिहरुले आफुहरुको उद्वारका लागी गुहार मागेका थिए । घरघरमा सिंहदरवारकाे संज्ञाको रुपमा रहेको स्थानिय सरकार के हेरेर बसेका छ भनेर यसका बिषयमा वडा नं. ६ का वडा अध्यक्ष कुम्भनाथ योगीलाई फोनमार्फत बुझ्दा आफुले पनि यो घटनाको वारेमा भर्खर मा थाहा पाएको र उनिहरु भारतबाट नेपाल आएको करिव एक महिना मात्र भर्एकोले आफुले यसको वारेमा बुझ्ने त्यस पछि वडाबाट के पहल गर्न सकिन्छ आफु तिनिहरुको उद्वारका लागि पछाडी नपर्ने बताएका थिए ।

बिचल्लीमा रहेका दुइ नाबालकहरुको पालन पोषण गर्दै आइरहेकी र सुगरको रोगले पीडित ६० बर्षिया नेपालीले आफुहरुलाई कहि कैतै बाट सहयोग भए आफुहरुलाई केहि सहज हुने दुखेसो पोखेकी थिइन । हाल दुबै नातीहरु संगै आफन्तको सहारामा आफन्तकै घरमा बसेकी भुजि नेपाली र उनका दुइ नातीहरुको सहयोगका लागि सहयोग गर्न चाहानुहुने दयालु मनहरुलाई लोकतन्त्र बिहानी मिडिया हाउस ०९७५४१२५५ र ९८४८५२३५२४ मा सक्दो सहयो गरिदिन हुन अनुरोध गर्सदैर्मे मिडिया हाउसले  समाचार प्रकाशन  समेत  गरेको थियो ।

पारिवारिक अवस्था हेर्नुहाेस

मिडिया हाउसले सवैलाई सहयोग गर्न अनुरोध गदै समाचार प्रकाशन गरेतापनि बिचल्लीमा रहेका नाबालकहरु र सुगर रोगबाट ग्रसित भुजि नेपालीलाई काँहि कतै बाट सहयोग भने हुन सकेको छैन । उनिहरुको सहयोगका लागि गाँउपालिका संग यो विषयमा बुझ्दा गाँउपालिकाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतले बताएका छन । मिडिया हाउस निरन्तर उनिहरुलाई सहयोगका लागि पहल गरिरहेको छ । तर अहिले सम्म सहयोग भने काँहि बाट जुटाउन सकेको छैन । बिगत दुई वर्ष यता गाँउपालिका भित्र रहेका बालबालिकाहरुका समाधानका लागि बिशेष पहल गर्दै आइरहेको बाल सञ्जालले पनि ति बिचल्लीमा रहेका बालकहरुको तत्काल उद्धार गर्न अनुरोध गर्दै गाँपालिकालाई निबेदन पेश गरेका बताइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!