काठमाडौं–सर्लाहीमा दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ । इश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई उपभोक्ताबाट घुसवाफत लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो ।
ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत उनीहरूले उक्त घुस लिएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् । अख्तियार बर्दिवासबाट गएको टोलीले साह र रायलाई उक्त रकमसहित लालबन्दी नगरपालिका–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।