बाजुरा– जिल्ला सदरमुकाम मार्तडीको एक खुद्रा पसलमा आगलागी हुदा रु दुई लाख दुई हजार पाँच सय बरावरकोे क्षेति भएको छ । आगलागिबाट रु दश हजार नगद जलेर नष्ट हुनुका साथै अन्य सामाग्रीहरु पुरै जलेर नष्ट भएको बताइएको छ ।
गएराति साडे ८ बजे टीनको छाना मुनी रहेको खुद्रा पसलमा बिजुलीको तार सट भई बडीमालिका नगरपालिका वडा नम्बर १ पाटा स्थायी घर भएका ब्यापारी हरिस दानीको खुद्रा पसलमा आगलागी भएको थियो ।मार्तडीको होटेल न्यु कैलाली नजिकै रहेको सो पसलमा बिजुलीको तार टिनमा टक्रिएर आगलागी भएको हो । पहिला बिद्युतको तार टिनमा टक्रिएर आगलागी सुरु भए पछि पसलमा रहेको फ्रिजमा आगो सल्किदा पसलमा रहेका खुद्रा सामानहरु पनि जलेर नष्ट भएका हुन ।
कार्तिक २८ गते मात्र पसल सुरु गरेका दानी परिवार पसल बन्द गरेर कोठा गएको बेला आगलागी भएको हो । एक्कासी पसलमा आगलागी भएको थाहा पाए पछि घटना स्थल नजिकैका स्थानियहरुले प्रहरीलाई जानकारी दिए पछि बजारका सबै ब्यक्तिहरु, प्रहरीको टोली, पत्रकार, त्रिवेणी साना जलबिद्युतका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए ।
रातिको समयमा आगलागी भएकोले कति क्षेति भयो भन्ने अनुमान गर्न सकिएको थिएन मंगलबार मात्र क्षतिको बिबरण संकलन गर्दा रु रु दुई लाख दुई हजार पाँच सय बराबरको क्षेति भएको खुल्न गएको छ । आगलागि पिडित दानीले आवश्यक क्षेती पुर्तिको माग गर्दै वडा कार्यालय,नगरपालिकालाई निबेदन पेश गर्ने भएका छन ।
यस्तो रहेको छ हेर्नुहोस क्षतिको बिवरण












