युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
328 पटक पढिएको

बाजुरा –जिल्लामा संचालित विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुले नेपाल टेलिकम बाजुराले सेवा प्रवाह गर्दै आएको इन्टरनेट सेवा र फोर जी सेवाले काम नगर्दा बुधबार टेलिकम प्रमुख र जिल्ला प्रशासनलाई ज्ञापनपत्र मार्फत ध्यानकर्षण गराएका छन ।

आज नेपाल टेलिकम र जिल्ला पूशासनको कार्यालयमै जिल्लाका रेडियो र अनलाइन र राष्ट्रिय संचार माध्यमका प्रतिनिधीहरुले शाखामा प्रमुख पदमराज पडाललाई र प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ध्यानकर्षण गराएका हुन ।

टेलिकमले संचार माध्यम र अन्य सेवाग्राहीलाई एडिएसएल सेवा विस्तार गर्दै सुविधा दिएको भएपनि बिगत एक महिना एता टेलिकमले मोवाईको फोर जी र एडीएसएल सेवा प्रभावकारी नहुदा संचार माध्यमले नियमित समाचार सम्प्रेषण् गर्न समस्या भएका कारण ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको संचारकर्मीहरुले जनाएका छन ।इन्टरनेटको गति ,छिटो छरितो र गुणस्तर नभएकाले जिल्ला स्थित संचार माध्यमहरुले जिल्ला भित्रका भएका घटनाहरु र जनताको जीवीकाको सवाललाई जिल्ला र राष्ट्रिय स्तरमा उठान गरेको भएपनि इन्टरनेट सेवा गुणस्तर नहुँदा समाचार सम्प्रेषण गरि सूचनाहरुलाई राष्ट्रिय स्तरमा पठाउन नपाएको संचारकर्मिहरुको गुनासो रहेको छ ।

पत्रकारिता जिल्लामा २०१५ सालबाट सुरुवात भएको हो । पत्रकारिता क्षेत्रले फड्को मार्दै आएको छ । जिल्लामा एडिएसएल इन्टरनेट सेवा संचालनमा ल्याएको एक दशक भइसकेको छ । सेवा प्रभावकारी नहुदा जिल्लामा संचालित संचार माध्यमका कार्यरत संचारकर्मीले सास्ती खेप्दै आइरहेका छन् । सेवा संचालनमा ल्याएको एक दशक भइसक्दा सम्म पनि सेवा प्रभावकारी हुन नसकेको र पुरानै रफ्तारमा इन्टरनेटको गति देखिएकाले तत्काल सेवा प्रवाह दु्रत गतिमा लैजान ध्यानाकर्षण गराउदछौ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा टेलिकम बाजुरालाई संचार माध्यमले पटक–पटक खबर गर्दा पनि सेवा पूर्ण रुपमा पुरानै शैलीमा संचालन भएको कुरा समेत उल्लेख गरिएको छ ।संचारकर्मिहरुले तत्काल गुणस्तर वृद्धि गर्न ध्याकर्षण गराउनुका साथै आज टेलिकमलाई जिल्लाका संचार माध्यमले एक वटा राउटर सहित ज्ञापन पत्र बुझाएका हुन ।इन्टरनेट सेवा प्रवाह तिव्र रुपमा र प्रभावकारी नभएमा चरणवद्ध आन्दोलनका कार्यक्रम चेतावनी समेत ज्ञापन पत्र मार्फत दिइउको छ ।

जिल्लामा संचालित रेडियो बाजुरा,रेडियो पौरखी,बडीमालिका खबर,मालिका टुडे,नागरिक रैवार,नजिक न्युज,किनारा न्युज,लोकतन्त्र विहानी,गगनवाणी,खप्तड मालिका न्युज,स्सिंजापती र गुड न्युजका प्रतिनिधीहरुको हस्ताक्षरित ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल टेलिकम बाजुराका प्रमुख पदमराज पडाल र पूमुख जिल्ला अधिकारी गोपाल कुमार अकिारिले सेवा प्रवाहमा दु्रत गतिमा नभएको स्वीकार गर्दै बढि समस्या संचारकर्मिलाई भएतापनि यो समस्याको बिषय सबैका लागि भएकोले इन्टरनेट सेवा तिव्र रुपमा संचालन गर्नका लागि क्षेत्रीय र केन्द्रीय स्तरमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!