काठमाडौं– प्रहरीले नेपाल बार एसोसिएसनभित्र कानुन व्यवसायी माथि अभद्र व्यवहार गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई बिहीबार राति बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेस बस्नेतले बताएका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ । ढकाल र श्रेष्ठलगायत ५ जनाको समूहले बिहीबार परिसरमा गएर कानुन व्यवसायीमाथि अभद्र व्यवहार गरेका थिए । सो क्रममा कानुन व्यवसायीले उनीहरुलाई बार परिसरबाट लखेटेका थिए । आन्दोलन दबाउन प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरेको भन्दै कानुन व्यवसायीहरुले आपत्ती जनाएका छन् ।
अन्नपुर्ण पोष्टबाट साभार