बाजुरा–जिल्लामा नव नियूक्त भएर आउनु भएका प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझा र पत्रकार बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाजुराको तालिमहलमा सम्पन्न भएको हो ।
परिचयात्मक कार्यक्रममा अधिकाँश पत्रकारहरुले जिल्लाको शान्ति बहाली कायम गर्न बिषेश पहल गर्नु पर्ने र अपराधिक घटनाहरुलााई नियन्त्रण गर्न प्रहरीले थप जोड दिन आग्रह गरेका थिए । पत्रकारहरुको राय तथा सुझावहरुलााइ आत्मसाथ गर्दै नव नियूक्त जिल्ला प्रहरी कार्यालय बाजुरा आउनु भएका प्रहरी नायव निरिक्षक ओझााले पत्रकार र प्रहरी एक अर्काका परिुरक भएकाोले शान्ति बहाली कायम गर्न पत्रकारहरुको सहयोगको खाँचो रहेकोले एक अर्काको समन्वयको खाँचो रहेको बताउनु भयो ।
परिचयात्मक कार्यक्रममा उहाले जिल्लाको शान्ति बहाली कायम गर्न र अपराधिक घटनाहरु घट्न नदिन आफुले पुरै विवेक लगाउने बताएका छन । पत्रकारहरुका कुराहरुलाई मद्यनजर गर्दै सूचना दिने र लिने कुरामा दुबैको उत्तिकै खाँचो परेकोले दोहोरो सहयाोगको खाँचो परेको बताए । पत्रकारको कुरालाई जवाफ दिदै आगामी दिनहरुमा जिल्लामा हुने गरेका यातायात अनियमितता, कालोबजारी, घरेलु हिँसा तथा जिल्लाका साना तथा ठुला ब्यापारिक केन्द्रहरुमा पसल रातिको समयमा पसलहरु बन्द गर्ने र धेरै ब्यक्तिहरुको ग्यादरिङ्ग गर्ने समयको मापदण्डको लागु गर्न कुरा बताएका हुन ।
परिचयात्मक कार्यक्रमा नेपाल पत्रकार महासंघ बाजुराकी सचिव नन्दा थापा, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त बिश्वकर्मा, नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अधयक्ष प्रेम रौले, रेडियो पौरखीका स्टेशन मेनेजर तथा लोकतन्त्र विहानी न्युजका प्रधान सम्पादक राम बहादुर दानी, रेडियो बाजुराकी सरिता नेपाली, रेडियो पौरखीका प्राविधिक प्रमुख जनक बोहरा, लोकतन्त्र विहानी न्यूजका सह सम्पादक मिन बहाादुर खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । परिचयात्मकक कार्यक्रम जिल्ला प्रहरी काार्यालय बाजुराको तालिम हलमा सम्पन्न भएको हो ।












