युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
354 पटक पढिएको

बाजुरा –हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ। चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ। हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ। चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ ।
यहाँको बडीमालिका नगरपालिका–९ ढम्कनेमा रहेको सरस्वती आधारभूत विद्यालय चिसो बढेपछि विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए। उनका अनुसार विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेको बताए। तीमध्ये १५० विपन्न विद्यार्थी पढ्ने गरेका छन्। उनीहरु जुत्ता, कपडा किन्न सक्दैनन्, हिउँ झैँ तुसारो पर्छ, चिसोले पठनपाठनमा समस्या भएपछि आगो बालेर पढाइ सुरु भइरहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए।
चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने गरेकाले विद्यार्थीको नियमित पढाइ हुन नसकेको धामील बताए। विद्यालयमा मङ्सिरको पहिलो सातातिर हिउँ पर्ने सुरु हुन्छ, अहिले चिसो बढ्न थालेको छ । दसैँ तिहारपछि विद्यालय सञ्चालन भएको र त्रैमासिक परीक्षा पनि आउन थालेकाले चिसो बढेको भए पनि पढाउनुपर्ने बाध्यता छ । त्यसैले विद्यालयको चौरमा आगो बालेर विद्यार्थीलाई अध्ययन गराउने गरेको प्रअ धामीको भनाइ छ ।
विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी राम्रोसँग लुगासमेत नलगाएर खाली खुट्टा आउने गरेका छन्। उनीहरुलाई चिसो छल्न न टोपी हुन्छ, न ज्याकेट चिसोमा पढाउने कार्य उनीहरुका लागि निकै कष्टकर हुने गरेको विद्यालयले जनाएको छ। उक्त विद्यालयमा अधिकांश जनजातिका बालबालिका पढ्न आउँछन्। केही बालबालिका विद्यालयको पढाइ छोडेर चिसो छल्नका लागि आमाबुबासँग बेँसीतिर झरिसकेका छन्।
वडाको पहलमा भवन शौचालय बन्ने भए पनि भवनभित्र पनि चिसो हुने गरेकाले जाडोको समयमा विद्यार्थी र शिक्षकलाई समस्या हुने गरेको विद्यालयका प्रअ धामीले बताए। चिसोबाट बच्नका लागि फ्लर सेटिङ, पिफम, कार्पेट र वालमा बाल पेपर तथा एसिडिसी भएको भए पढाइ प्रभावित नहुने शिक्षकहरूले बताएका छन्।
रमसस

चिसो छल्नलाई विद्यार्थीका लागि टोपी, मोजा, ज्याकेट स्वेटरजस्ता न्यानो लुगाहरूको आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले बताए। विद्यालयमा हिउँ परेका बेलामा हिउँमै पढाइ हुने गरेको छ।

शिक्षा समन्वय एकाइ बाजुराका अनुसार बाजुरामा २७१ विद्यालयमध्ये एक सय विद्यालय हिमाली क्षेत्रमा पर्छन्। चिसो मौसमका बेला जिल्लाका माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका केही विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!