बाजुरा– युमेन काईन्ड युकेको आर्थिक सहयोग र टेवा नेपाल महिला विकास मंच बाजुराको आयोजनामा त्रीवेणी नगरपालिका भित्रका १० जना निर्वाचित जनप्रतिनिधि र १८ जना सि मान्तकृत समुहका महिलाहरुलाई ब्यबशाय संचालनका लागि आर्थिक सहयोग गरिएको छ ।
आज एक अनौपचारिक कार्यक्रमका बिच नगरपालिकामै पुगेर समान्तकृत महिलाहरुको आवाज तथा सहभागीताका लागि नगरपालिका स्तरिय निर्वाचित महिला र बिभिन्न समुहका महिलाहरुलाई व्यवसाय गर्नका लागी आर्थिक सहयोग गरिएको महिला बिकास मञ्च बाजुरा त्रिवेणी नगरपालिकाका सामाजिक परिचालक बिक्रम साँउदले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए । उनका अनुसार १० जना निर्वाचित जनप्रतिनिधिहरुलाई रु ३१ हजार पाँच सय पच्हत्तर र अन्य १८ जना सिमान्तकृत महिलाहरुलाई रु २० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको बताइएको छ ।
बिषेशतः यस कार्यक्रम मार्फत उपलब्ध गराएको रकमले बिभिन्न समुह तथा फर्मबाट ब्यबसाय संचलन गरी महिलाहरलाई आत्मनिर्भर र स्वालम्वी मनाउन मुख्य यद्देश्य रहेको सामाजिक परिचालक साँउदले बताए ।
अनौपचारिक कार्यक्रमका बिच गरिएको सहयोग हरुतान्तररण कार्यक्रममा बोल्दै नगर उप–प्रमुख राधकिा सुनारले सहयोग गर्ने सिनकायलाई धन्यवाद दिदै मिानतकूत महिलाहरु र जनप्रतिनिधि महिलाहरुका लागि गरिएको आर्थिक सहयोगले महिलाहरुले जिविको पार्जनका लागि मात्र नभई व्यवसायिक रुपमा कुनै पनि व्यवसाय संचालन गरि निकट भबिष्यमा ठुलो आम्दानी गर्न सक्छन भन्ने बिश्वास व्यक्त गर्नुभयो । साथै उप–प्रमुख सुनारले यहि सहयोग बाटै महिलाहरु कुनै न कुनै व्यवसाय संचालन गरि महिलाहरुलाई रोजगारी तर्फ उनमुख हुने र बिस्तारै ठुलो हुदै अन्य महिलाहररुलाई पनि रोजगार बनाउन सकिने बताइन् ।
सहयोग हस्तन्तरण कार्यक्रमको त्रिवेणी नगरपालिकाका नगरउप– प्रमुख राधिका सुनार त्यसै गरि नेपाली कांगे्रस जिल्ला पार्टी सचिव तिलक पुरी, कृर्षि साखा प्रतिनिधि इश्वर थापा पशु शाखा प्रमुख बल बहादुर थापा, कार्यक्रममा टेवा नेपाल काठमाण्डौ कार्यक्रम प्रवन्धक प्रित शाह, टेवा नेपाल काठमाण्डौका लेखा प्रवन्धक अमिता ताम्राकार, महिला बिकास मञ्च बाजुराकी कार्यक्रम निर्देशक उजा बिष्ट, नगरपालिका भित्र रहेकी समान्तकृत, नगरपालिका स्तरिय निर्वाचित महिला र बिभिन्न समुहका महिलाहरु लगायतको उपस्थिति रहेको थियो ।