युनिकोड    राशिफल    एफएम रेडियाे                        
285 पटक पढिएको

काठमाडौं– नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको चौधौं महाधिवेशनमा आफू पिछडिएको क्षेत्रको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “हाम्रो समूहमा यसबारे छलफल भएको छैन । यो मेरो व्यक्तिगत दाबा हो । म दुईवटा महाधिवेशनमा लगातार केन्द्रीय समितिमा चुनिएँ । सहमहामन्त्रीमा पार्टीका सबै साथीहरुले सहयोग र समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ ।”

पार्टीको रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको टुंगो नलागेकाले पदाधिकारीबारे छलफल हुन नसकेको उनले बताए । उनले थपे, “सभापतिको आकांक्षी नेताहरु धेरै हुनुहुन्छ, सभापतिको टुंगो नभएकाले अरु पदमा समूहगत छलफल हुन सकेको छैन । त्योभन्दा पहिले प्रदेश सभापतिको उम्मेदवार टुंगो लगाउनुपर्ने अवस्था छ । हामी आन्तरिक राजनीतिमा प्रतिस्पर्धालाई मित्रवत् बनाउन चाहन्छौं ।”

सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छानिएपछि एउटा निष्कर्षमा पुग्ने स्थिति बन्ने पनि उनले दाबी गरे । उनले भने, “हामीले समूहबाट साझा उम्मेदवार खडा गर्न निरन्तर दबाब र सुझाव दिएका छौं । अहिलेसम्म रामचन्द्र, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह कोही ब्याक हुनभएको छैन । सम्भव भयो भने कृष्णप्रसाद सिटौला पनि सम्मिलित हुनुपर्छ भन्ने हाम्रो मत छ । हामीले सामूहिक र व्यक्तिगत रुपमा भेटेर कुरा गरेका छौं । संवाद निरन्तर जारी छ ।”

पार्टीको आन्तरिक राजनीतिमा शक्तिले मात्र काम नगर्ने पाण्डेले बताए । उनले भने, “महाधिवेशन प्रतिनिधिमा राजनीतिमा खारिएका व्यक्ति आउनुहुन्छ । उहाँहरु पार्टीको आवश्यकता अनुसारको नेतृत्व छान्न सक्षम हुनुहुन्छ । यो चिन्ताको कुरा होइन ।”
रिपोटर्स नेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!