बाजुरा– बडीमालिका नगरपालिका भित्र लैङ्गिक समानता तथा समावेशिकरणाका सवालमा रणनितिक निति बनाउन एक समिति गठन गरिएको छ । बडिमालिका नगरपालिकाको महिला तथा बालबालिका शाखा तथा युएनएफपीए र फाया नेपालको सहयोगमा नगरपालिका भित्र हुने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र हानिकारक अभ्यास उन्मुलनका लागि रणनितिक निति बनाउन समिति गठन गरिएको हो ।
समितिमा नगरउपप्रमुख कविता बिष्टको संयोजकत्वमा कार्यपालिका सदस्य हर्क विक, गैरसरकारी संस्थाका केन्द्रिय सदस्य अग्नीराज शाही, अधिवक्ता हर्क बहादुर खडायत, महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकाया, नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष संगिता तिमिल्सेना र सेभ हाउसका सन्तोषी थापा लगायत ७ जना रहेका छन् ।
समितिले प्रतिनिधित्व गर्दै सरोकारवाला निकायसंग छलफल गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र हानिकारक अभ्यास उन्मुलनका सवलाहरु उठाई रणनितिक योजना बनाउने युएनएफपीएका कार्यक्रम संयोजक आत्माराम न्यौपानेले बताए ।
साथै बडीमालिका नगरपािलकाको महिला तथा बालबालिका शाखाको आयोजनामा नगरपािलका भित्र बिहीबारबाट सुरु हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अनतरगत सबै वडामा समुदायस्तरका महिलालाई अभिमुखिकरण, हिंसा विरुद्धको अभियानमा हस्ताक्षर कार्यक्रम, बडिमालिका नगरपालिका वडा नं २ लाई छाउपडी गोठमुक्त गर्ने र रेडियो कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताएकी छन ।











