शुक्रराज बोहरा– जिल्लामा बर्षाद सुरु हुने बितिक्कै ग्रामीण क्षेत्रका सडकमा गाडी गुड्न रोकिन्छन् । जहिले बर्षादमा ग्रामीण क्षेत्रका यात्रुहरुले हिडेरै गाउँसम्म पुग्न बाध्य हुन्छन् । सोही पिडा जिल्लामा फेरी सुरुवात भएको छ । बुधबारको आएको अविरल बर्षादले मार्तडी–गौमुल सडक अवरुद्ध भएको छ । वर्षातले सडकको तल माथि पहिरो गएपछि मार्तडी–गौमुल सडक अवरुद्ध भएको हो । सडक अबरुद्ध भएपछी मार्तडी–गौमुल चल्ने यातायातका साधन रोकिएका छन् ।
बडीमालिका नगरपालिका–२ स्थित मैमातोला नजिकै बर्षाले सडक भत्काएपछि सडक अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ । महामारीको बेला सडक भत्किएपछि यो संकटको बेला गाउपालिकालाई फेरी अर्को संकट आई परेको छ ।
सडक अवरुद्ध भएपछि खाद्यान्न लागायतका सवारी साधन ठप्प भएका छन् । अघिल्लो वर्ष बुढीगंगामा आएको बाढी पहिरोले तलबाट सडक कटान गरेपछि गाउँपालिकाकले पटक पटक उक्त समस्या झेल्नु परेको हो । विश्वभर कोरोना भाईरस कोभिड १९ को दोस्रो कोरोना कहरले आक्रान्त बनाईरहेको र बाजुरामा पनि कोरोनाको उच्च जोखिम रहेको छ ।
सडक अवरुद्धले कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका समेतलाई असर पर्ने र सामान ढुवानी तथा बिरामीलाइ आवात जावत गर्न समस्या हुने भएको छ ।
यतिबेला जिल्लामा निषेधाज्ञा जारी नै रहेको छ । जिल्लामा निषेधाज्ञा जारी रहेको समयमा मार्तडी–गौमुल सडक अवरुद्ध बनेपछि पालिकामा खाद्यान्न अभाव हुन संकेत एकातिर छ भने अर्कोतिर विरामीलाई सास्ती हुने भएको छ । सम्बन्धित निकायले अवरुद्ध सडक खोल्न पहल गर्नु पर्ने स्थानीयले बताएका छन् ।