धनगढी–डोटीको दीपायलस्थित सेती नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन ्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ती महिलाको पहिचान खुल्न नसकेको बताइएको छ ।
शुक्रबार दिउँसो महिलाले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले युवतीको अवस्था अज्ञात रहेको छ । उनको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
श्रोत दिनेश खबर











