बाजुरा–जिल्लाको बुढीगंगा नगरपालिका वडा न १० देउमाण्डौकी भएकी दिपा लुवारलाई बुढीगंगा नगरपालिका वडा न १० बदेडाका घर भएका र भगवती माध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सागरले रु पाँच हजार आर्थिक सहयोग गरेका छन ।
निज दिपा लुवारको पारिवारिक अवस्था निकै दयनीय रहेको खबर सुने पछि शुक्रबार उनको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको सामाजिक अभियान्ता पारस रावलले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

रावलका अनुसार ती महिलाको सम्पत्तिको नाममा बस्ने घर समेत नरहेको पाइएको छ । उनका श्रीमानको पनि मृत्यु भैसकेको उनले बताए ।
पारिवारिक अवस्था निकै दयनीय भएकोले उनलाई छाक टार्न समेत मुस्किल भैरहेको हुदा केही दिनका लागि सहयोग स्वरुप आर्थिक सहयोग गरिएको रमेश सागरले बताए ।











