नेपाली काँग्रेसका युवा नेता बाजुरेली जनताका आष अनि भरोसाका केन्द्र बिन्दु केन्द्रिय सदस्य वद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन् । १४औं महाधिवेशनको पुर्व संद्यामा पाण्डेले पिछडिएका कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन् । उनले भने,‘१२औं महाधिवेशनमा अञ्चलकोटामा केन्द्रीय सदस्य भएको पाण्डे १३ औं महाधिवेशन खुलाबाट केन्द्रीय सदस्य बनेका थिए । उनले अव आसन्न १४ औँ माहाधिवेशन पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने निधो गरेका छन् ।
विद्यार्थी उमेरबाटै राजनिति यात्रा सुभारम्भ गरेका पाण्डे बिगत लामो समय देखि नेपाली कांग्रेसको नेतृत्व गर्दै कुशल कर्मठ निडर र सबैका लोकप्रिय र जनप्रेमी नेताका नामले परिचित छन् । छोटो समयमा छुट्टै प्रककारको छवी बनाएर जनताको मन मुटुमा वस्न सफल नेता पाडडेले पत्रकार सम्मेलन मार्फत नै १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने आजै घोषणा गरेका छन । उनले भने, ‘म सहमहामन्त्रीमा १५औं महाधिवेशन उठ्ने छैन । सके महामन्त्री वा उपसभापति बन्ने प्रयास गर्ने छु । त्यो सम्भव नभए म कुनै पदमा उम्मेदवार नबन्न पनि तयार छु ।’
श्रोत रातो पार्टी