बाजुरा–जिल्लामा निरन्तर रुपमा बिद्युत सेवा उपभोग गर्दै आइरहेका सेवा ग्राहिहरु पछिल्लो समयमा मर्कामा परेका छन । बिगत लामो समय यता बिद्युत सेवा उपभोग गर्देै आइरहेका सेवा ग्राहिहरु बिगत दुई हप्ता एता निरन्तर रुपमा बिद्युत सेवा उपभोग गर्न पाएका छैनन् । बेलाबेला बिद्युत सेवा अवरुद्ध बन्न थालेपछी सेवाग्राहिहरुले जिल्ला सडरमुकम जस्ता ठाँउमा पनि उज्यालो अभियान नाटकीए मात्र भएको भन्दै दुखेसो पोख्दै आइरहेका छन । दैनिक करिव चार घण्टा लोडसेडिङ्गको मार खेप्न बाध्य भएका सडरमुकाम वासिहरुले लोडसेडिङ्ग बाहेकको समयमा पनि बिद्युत सेवा निरन्तर उपभोग गर्न पाइराखेका छैनन् ।
जिल्लाको सडरमुकाम भित्रै पनि निरन्तर रुपमा सही ढंगले बिद्युत सेवा संचालन नहुनु लज्जासपद विषय रहेको बताउदै आएका छन् । बिद्युत सेवा अबरुद्ध भएपछी जिल्लामा संचार सेवामा पनि समस्या उत्पन्न भएको छ । सवैभन्दा बदी प्रभावित जिल्ला स्थित संचार माध्यमहरु भएका छन । वेलावेला बिद्युत सेवा आउने जाने भएपछी सम्पुर्ण मिडियामा कार्यरत संचारकर्मिहरुले बरालिदै हिड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
संचार सेवामा पनि समस्या देखिएपछी जिल्ला बासिहरुले सुचनाहरु सम्प्रेसण गर्नबाट बन्चित भएका छन् । बिद्युत सेवा संचालनमा अनियमितता देखिएपछी जिल्ला स्थित सम्पुर्ण मिडियामा कार्यरत संचारकर्मिहरुले बिद्युत सेवा तत्काल नियमित रुपमा संचालन हुनुपर्ने माग गर्दै नेपाल बिद्युत पधातिकरण बाजुराका प्रमुख, त्रिवेणी साना जलबिद्युतका प्रमुख र जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल बिद्युत प्राधिकरण काठमाण्डौलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत पधातिकरण बाजुराका प्रमुख, त्रिवेणी साना जल बिद्युतका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी समिर कुमार भण्डारीले तत्कालै समस्या समाधानका लागि पहल गर्ने भनेतापनि अवस्था सुधार हुनुको सट्टा झन जटिल हुदै गएको छ ।
अध्यारो हुनै लाग्दा बिद्युतको लाइन कट हुने भएपछी सडरमुकाम वासिहरुले बिद्युत सेवा संचालनमा लापरवाही गरेको आरोप लगाउदै आइरहेका छन् । बिद्युत सेवा नियमित रुपमा संचालन नहुदा क्यान्दिलको उज्यालाेकाे भरमा रात कटाउनु पर्ने अवस्था सिर्जना भएको गुनासाहरु आउने गरेका छन् । यसका साथै लोडसेडिङ्ग सुरु भए पश्चात सडरमुकाम भित्रै संचालित मालिका माध्यामिक बिद्यालयमा पनि पठन पाठनमा समस्या सिर्जना भएको छ ।उक्त बिद्यालयमा बिहान ६ बजेबाट पढाई संचालन हुने गरेको छ । तर केही दिन एता लोडसेडिङ सुरु भएपछी अध्यारोमा बिद्यार्थीलाई पढाउन असहज भएको छ । अध्यारोमा पढाउन असहज भएकै कारण उज्यालो भएपछी मात्र पढाउने गरिएको छ । बिहानको चिसामा पनि पढ्नका लागि बिद्यालय सम्म पुगेका बिद्यार्थीहरुले करिव एक घण्टा खाली बस्नु पर्ने बाध्यता छ । मंगलवारबाट मात्र सोला सिस्टम जडान गरी पढाई संचालनमा ल्याइएको छ । यसका साथै जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पनि बिद्युत सेवा नियमित संचालन नहुदा काम काजहरु थप्प बनेका छन् ।
नेपाल सरकारको स्वामित्वमाा रहेको बाजुरा साना जलबिद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेड बाजुराले लिजमा लिएर संचालन गरि रहेकोले सहकारीको बिदुत ब्यबस्थापन तथा संचालनले नागरिकहरुलाई बिद्युत आपुर्तिमा असहजता भएकोले सरकारले देशभर उज्यालो अभियाँन संचालन गरेता पनि बाजुरेली जनताले पुरानै अवस्थामा दिन काट्नु पर्ने अवस्था छ । बाजुराका अधिकांस ठाँउहरुमा बिद्युत सेवा संचालनमा आएता पनि नियमित रुपमा बिदुतसेवा उपभोग गर्न पाइराखेको अवस्था भने छैन । प्रत्यक ठाँउमा संचालनमा ल्याइएका जलबिद्युत आयोजनाहरुले प्रभावकारी सेवा दिन सकिरहेको अवस्था भने छैन ।
यो बिषयमा त्रिवेणी सहकारी संस्था लिमिटेडका व्यबस्थापक दयाराम पण्डितलाई सोध्दा चिसोको मौषममा बिद्युतको पावर हाउसको मेसिन चिसिने हुँदा चिसोको समयमा बिद्युतिय उपकरणहरु वढी प्रयोग हुने हुँदा लोड सेडिङ्ग गर्नु पर्ने बाध्यता रहको बताउनु भएको छ । केहि दिन एता मेसिन बिग्रिएका कारण नियमित बिद्युत संचालन हुन नसकेका र सोमबारबाट मेसिन मर्मत गरेर लोडसेडिङ्गको समय बाहेकको समयमा नियमित सेवा प्रशारण गरिसकेको पनि उहाले बताउनु भयो ।