बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा नम्मर २ की एक बादी समुदायकी दलित महिलाले५० बर्षको उमेर पुगिसक्दा पनि बाजुराकी बादी समुदायकी एक महिलाले नागरिता पाउन सकेकी छैनन । अछाम मंगलसैनमा माइती घर र बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर २ पोइली घर भएकी डल्ली बादी ५० बर्षको उम्मेरमा पुग्दा समेत नागरिकता नपाउदा नागरिकता विहिन भएकी छन् ।
नागरिकताबाट बञ्चित भएकी डल्ली बादीले सानै उम्मेरमा जोग्गिर बादिसंग बिवाह गरेको उनले बताइन् । बादीले भनिन्, बिवाह गरीसकेपछी नागरिकता लिनका लागी धेरै पहल गरे तर नागरिकता लिन नसकेको उनको दुखेसो छ । म अहिले ५० बर्षकी भए तिन छोरा छन् तर नागरिकता पाउन सकेकी छैन् डल्ली बताउन्छन् । माइती कोही छैन् , अहिले आमा बुबाको कुनै अत्तोपत्तो छ्रैन उनले बताईन् । महिलामा जन्म लिनु नै पुर्व जन्ममा गरेको पापको परिणाम गरेको महसुस गर्न बाध्य भएकी डल्ली बादीले नागरिकता नहुदा सरकारबाट पाउने सेवासुविधा, बैंक खाता, दलित भक्ता लगाएत पतीको सम्पतीमा समेत आफ्नो अंशको दावी गर्ने कुनै आधार नभएको गुनासो गरिन् ।
उनले भनिन् नागरिकता बनाउन वडा कार्यालयमा पुगे तर वडा अध्यक्षले कुनै सुनुवाई नगरेको उनले बताएकी छन् । डल्ली बादीका श्रीमान जोग्गिर बादीले भने वडा अध्यक्षले नागरिकता बनाउनका लागी वडाबाट सिफारिस बनाई दिनुभयो, तर त्यो सिफारिसको वेवास्ता गरेको बताए । वडाबाट सिफारिस बनाईदिन्छु र म आफै जिल्ला प्रशासनमा गएर नागरिकता बनाई दिन्छु भन्दै झुटो आस्वासन दिएको डल्लीका श्रीमान जोग्गिर बादीले बताएका छन् ।
आफुलाई नागरिकता बनाई दिन्छु भन्दै चार महिना बतिसकेको उनले बताए । संवैधानिक र कानुनी जटिलताका कारण धेरै नेपाली नागरिकहरुले नागरिकता पाउन सकेका छैन् । आर्थिक अवस्था कम्जोर, अशिक्षा व्यापक गरिबीको रेखामुनी रहेको कारण गरिब,दलित तथा अतिबिपन्न परिवारका बिहे भएको लामो समयपछी पनी नागरिकताबाट बञ्चित हुने गरेका छन् । नागरिकता विहिनहरुमा प्रायजसो सिमान्तकृत समुदाय , दलित , आदीवासी जनजाती र महिलाहरु बढि रहेका छन् ।











