युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
175 पटक पढिएको

बाजुरा–जिल्लाको गौमुल गाउँपालिका वडा ३ का वडा अध्यक्ष मान बहादुर बोहराले अवको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने बताउनु भएको छ । अध्यक्ष बोहोराले लाकतन्त्र बिहानी न्यूजको युटुव च्यानलबाट प्रशारण हुने राजनितिक बहस कार्यक्रममा कुराकानी गर्दै आजको युग कम्प्युटरको युग भएको भन्दै अहिलेको युगमा समाजको बिकास परिवर्तनका लागी दक्ष अनुभवी ,कुशल सक्षम,भद्र शालीन, निदर र जनप्रेमी भावना भएको युवा पुस्ताको खाचो रहेकोले अवको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने बताउनु भएको हो ।उक्त अभिव्यक्ति दिदै उँहाले सक्षम नेतृत्व गर्ने युवा पुस्ता भए आफु पनि युवा पुस्तालाई नेर्तित्ती सुम्पिन पछी नहत्ने बताउनु भएको हो । अहिलेको समयमा बिज्ञान र प्रबिधी संग प्रतिसपर्धा गर्न सक्ने दक्ष जनशक्तिको अभाव सिङ्गो राज्यलाई रहेको उँहाको भनाई छ ।

बिगत लामो समय देखी नेपाली राजनीतिमा सक्रिय रुपमा अनवरत रुपमा यात्रा गर्दै आइरहेका बोहोरा २०७२ सालमा भएको संघीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । पन्चायतकाल देखि नै राजनीतिमा हुमिएका र जनताको हित र समजको बिकासका लागि योगदान दिदै आएका बोहोरा ५ बर्ष सम्म बाल बिकास मा.वि को बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर काम गरेका थिए । अध्यक्ष बोहोराले प्रत्यक्ष रुपमा कुनै पदमा बसेर नेतृत्व नगरेतापनी समय समयमा समजमा अगुवाई गर्दै आइरहेको थिए । राजनीतिमा अनवरत रुपमा यात्रा गर्दै आएका बोहराले जनताको नेतृत्व गरेर जनताको सेवा गर्ने अवसर संघीय निर्वाचन पछि नै पाएका हुन ।

जिल्लाकै जेष्ठ वडा अध्यक्षका रुपमा चिनिने अध्यक्ष बोहरा ६८ बर्षको उमेर पुगिसक्दा पनि वडाको नेतृत्व गरेर जनताको सेवामा समर्पित छन । उनी नयाँ उर्जा भएका युवा नेताको अगाडि पनि एक उद्धारणीय ब्यक्ति हुन । गाउँपालिकाका अन्य वडाको तुलनामा सक्रिय वडा अध्यक्षका रुपमा चिनिएका अध्यक्ष बोहोरा संग कुराकानी गर्न लोकतन्त्र बिहानी न्यूजको टिम बोहराको घर सम्मै पुगेको हो असल स्वभाव ,र जनप्रेमी भावना भएका अध्यक्ष बोहोराले पछिल्लो पुस्ताले मनन गर्नुपर्ने थुपै्र अभिव्यक्तिहरु दिनुभएकाने थियो ।कुराकानीमा सुरुवातिमै उनले जनता द्वारा निर्वाचित जुनसुकै जनप्रतिनिधिले पनि जनताको जनभावना अनुरुप जनताको हित, समाजको बिकास र आमूल परिवर्तनका निमित्त अग्रभागमा रहेर खत्ने युवा पुस्ताको पोल्थोमा हुनुपर्नेमा जोड दिनुभयो । जनताको जनभावना अनुरुप नेतृत्वमा आइसकेपछि जनताको जनभावनालाई कदर गरेर जनताको हित र समुदायको बिकासका र जनताका समस्याका सवालहरुको बिषयमा वकालत गर्ने सक्ने नेतृत्व हुनु जरुरी रहेको उहाँको धारणा छ ।

आफू अनपद वडा अध्यक्ष भएतापनी जनताको जनभावना अनुरुप काम गरेर जनताको मन मुटुमा बस्न सफल भएको र फेरि पनि वडा अध्यक्षमा दोगोरिनुपर्छ भन्ने जनसमुदायको जनभावना रहेको बताए । उनले भने मैले पन्चायतकाल देखि नै नेपाली राजनीतिमा योगदान दिदै आइरहेको थिए । त्यहीसमयदेखि एहाका जनताहरुको हक हितका लागि र बिकासका लागि योगदान दिदै आएको थिए । मैले समाजका लागि लामो समय देखि अनवरत रुपमा यात्रा गर्दै आएको हुदा २०७२ मा भएको संघीय निर्वाचनमा वडा अध्यक्षमा टिकट दिए । मलाई टिकट मात्र दिएनन् वडा अध्यक्षमा बिजय पनि गराए । जुन आपेक्षा राखेर मलाई जनताले वडा अध्यक्षमा निर्वाचित गरे त्यही अनुरुपका प्राय जसो धेरै कामहरू गर्न सफल भएको मैले महसुस गरेको छु ।मलाई लाग्छ जसले जनताको जनभावना बिपरित काम गर्छ जनताको अहित हुने खालको कदम चाल्छ। र समुदायको बिकासको नामना जनताको आखामा छारो फाल्ने काम गर्छ साचो अर्थम त्यो जनताको जनप्रतिनिधि हुन सक्दैन । जनप्रतिनिधि भनेको जनताको सेवक हो ।

राजनीति पेसा होइन सेवा हो ।म हिजो पदमा नहुदापनी जनताको सेवा र समुदायको बिकासका लागि निरन्तर लागिरहेको थिए । योगदानलाई कदर गरेर मलाई जनताले वडा अध्यक्ष बनाएका हुन । मैले जनताका लागि काम गर्नुपर्ने हुन्छ । भोलि म राजनीतिमा रहुला अथवा नरहुला तर पछिल्लो पीडितले केही कुरा सिकुन भन्ने तरिकाले मैले कुनै पनि स्वार्थमा नलोभी निरन्तर जनताको सेवामा समर्पित छु ।हामिले राजनीति तिनीहरुका लागि पनि गर्नुपर्छ जो समाजमा पिछडिएका बर्गहरु छन । ,त्यही पछिल्लो समयमा केही अराजकताको भावना भएका ब्यक्तिहरु पनि नेतृत्वमा आएको हुदा राजनीति खल्लो भएको नेता बोहोराको भनाई छ ।
अध्यक्ष बोहराले राजनीति गर्नुछ भने जनताका दुख पिडा र समस्याहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने र म राजनीतिमा मेरा लागि होइन जनता र समाजको बिकासका लागि लागेको हु भन्ने कुरा भुल्न नहुने सुझाव दिनुभएको हो । सुझावमा राजनीतिलाई पेशाका रुपमा कसैले नबुझीदिन पनि अनुरोध गर्नुभएको छ । निस्वार्थ भावनाले म जनताको सेवक भएर काम गर्छु जे गर्छु समाजका लागी गर्छु भन्ने भवना भएकाहरुले मात्र राजनीतिमा लाग्न उहाँले आग्रह गर्नुभयो । राजनीति आफ्ना स्वार्थका लागि भन्दा पनि जनताको हक हित र समाजको समग्र बिकास र परिवर्तनका लागि हुनुपर्ने नेता बोहोराको बिचार छ ।

नेता बोहोराले बिकासका लागि पार्टीगत दृष्टिकोणबाट बाहिरिन जरुरी रहेको बताउनु भयो । कुशल सक्षम निदर र जनप्रेमी भावना भएको ब्यक्ति जुनसुकै पार्टीको भएपनी आफुले त्यसलाई सम्मान गर्ने गरेको र एस्तो युवा नेताले नेर्तित्तो लिन खोजेमा आफू सुम्पिन तयार रहेको बताए । समाजको बिकास र परिवर्तनका निमित्त सवै एकठाउमा उभिएर हातेमालो गर्दै अघि बढनुपर्ने जोड दिनु भयो । बिकास गर्नका लागि एहि पार्टीको हुनुपर्छ र कुनै एउटा पार्टीको मान्छेले मात्र बिकास गर्छ भन्ने खालको धारण राख्नु गलत धारणा भएको भन्दै टिप्पणी गर्नुभयो ।बिगतमा जसरि जनताको सेवा र समाजको बिकासका लागि योगदान दिदै आएको थिए त्यसरी नै अव आँउदा दिनहरुमा पनि समाजको बिकास र जनताको हितका निमित्त काम गर्ने प्रतिबद्धता समेत व्यक्र गर्नुभएको हो ।

भिडियो हेर्न तलको लिङ्कम क्लिक गनुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!