
बाजुरा– जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने बुढीनन्दा नगरपालिकाकी उप– प्रमुख सृष्टी रेग्मीलाई कोरो ना संक्रमण पुष्टी भएको छ ।
उप– प्रमुख रेग्मीले सामाजिक संजालमा एन्टिजेन प्रविधीबाट परिक्षण गर्दा कोरोना संक्रमण देखिएको लेखेकी छन् ।
विगत तीन दिनदेखि सुख्खा खोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकोे उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी छन् ।