बाजुरा–जिल्लाको बडीमालिका नगरपालिका–७ बाउँली खोलास्थित मोर्तडी–कोल्टी सडक खण्डमा लगाएको ग्याविन जालीलाई भत्काई ढुङ्या निकाल्ने २ जना ट्याक्टर चालक सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
सनिवार सडक खण्डमा लगाएका ग्याविन जालीबाट ढुङ्गा निकासी गरी ट्याक्टरमा लोड गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटाइएको टोलिले प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
बेतालमाण्डौ निर्माण सेवाको से १ त ९९१५ र से २ त २३०१ नम्बर ट्याक्टरख चालक सहित चालक नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धन्देव साँउदले जानकारी दिनु भएको छ । प्रहरी निरिक्षक साँउदका अनुसार सडको तल माथिबाट ढुङ्गा उत्खनन् गर्दै ट्याक्टरमा लोड गरिरहेको अवस्थामा चालक, कामदार ६ जना, सब्बल २ थान, घन ३ थान र छिनो २ थान नियन्त्रण्मा लिएको बताइएको छ । नियन्त्रणमा लिएका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको पनि उहाँले बताउनु भयो ।











