बाजुरा–जिल्लाको बडीमालिका नगरपालिका वडा न. ८ मा अवस्थित मालिका नमुना माध्याकि बिद्यालयमा बडिमालिका नगरपालिका वडा नं ८ र ९ को सहकार्य र संयुक्त आयोजना र पिसविन बाजुरा, गुड नेर्वस इन्टरनेसनल र कोइका किरडार्कको आर्थिक सहयोगमा घर बाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा पारी मर्यादित महिनावारी हाम्रो जिम्मेवारी बिषयमा देउदा गित प्रतियोगिताको कार्यक्रम संम्पन्न भएको छ । सनिवार एक औपचारिक कार्यक्रमका विच बिद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायको अध्यक्षतामा संम्पन्न भएको हो ।
यतिवेला देशभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भइरहेको छ । यसै बिच बाजुरा जिल्लाका बिभिन्न पालिकाहरुमा पनि यो सम्वन्धि बिभिन्न खालका जनचेतनामुलक कार्यक्रमहरु दिन प्रतिदिन संचालन भइरहेका छन । यसैक्रममा आज बडिमालिका नगरपालिकामा पनि मर्यादित महिनावारी हाम्रो जिम्मेवारी बिषयमा देउदा प्रतियोगिता गरि कार्यक्रम गरिएको थियो । लैङ्गिक हिंसा साच्चिकै अन्त्य नै गर्ने हो भने सवैले सवैभन्दा पहिला घरबाटै सुरु गनुपर्छ भन्ने खालको सन्देश जनसमुदायमा फैलाउनका लागि घर बाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ मर्यादित महिनावारी अहिलेको प्रमुख आवश्यकता ठहर गर्दै देउदा प्रतियोगिताको आमयोजना गरिएको आयोजकले जनएको छ ।
कार्यक्रममा वडा नं ८ र ९ का महिलाहरुले मर्यादित महिनावारी हाम्रो जिम्मेवारी बिषयमा महिनावारी हुदा महिलाहरुले भोग्नुपरेका दुःख कष्टहरु महिनावारीको नाममा गरिने बिभेदका करण व्यक्तिगत वा समाजिक रुपमा परेका नकरात्मक असरहरु, मर्यादित महिनावारीका लागि अप्नाउनु पर्ने उपाएहरुका बारेका आफ्ना शव्द सिर्जनाहरु मार्फत समुदायमा सकारात्मक सन्देश फैलाउने खालका जनचेतानामुलक देउदा प्रश्तुतिहरु छुट्टाछुट्टै समुह बनाएर प्रदशन गरेकी हुन ।
देउदा प्रतियोगितामा कडा प्रतिसपर्धा भएको थियो । कडा प्रतिसपर्धा विच सम्पन्न भएको थियाे । प्रतियोगितामा प्रथम स्थान ओखलढुङ्गा महिला समुह वडा न. ९, दितिय स्थान परिवर्तनशिल महिला समुह वडा न. ९,. तिर्तिय स्थान चेतनसिल महिला समुह, सान्तना भवानी टोल सुधार समुह, पाँचाै स्थान थापाथली महिला समुहले हासिल गरेकाे थियाे । प्रतियोगितामा बिभिन्न स्थामन हासिल गर्ने समुहका महिलाहरुलाई कार्यक्रमका अध्यक्ष र प्रमुख अथिति द्वारा पुरुस्कार समेत बितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अथिति एवम बडिमालिका नगरपालिका वडा न. ८ का वडा अध्यक्ष प्रकाश बहादुर रावलले कार्यक्रममा सहभागि सवैलाई धन्यवाद दिदै बिगतका दिनहरुको तुलनामा महिला दिदिबहिनिहरु धेरै सुरक्षित रहेको र बिगतका दिनहरुमा जसरी नै महिला माथि हुने बिभेद सहनु नपरेको बताउनुभयो । अध्यक्ष रावलले बिगतका दिनहरुमा जति बिभेदहरु सहनु नपरेको भएतापनि अझै बिभेद छदैछैन भनेर भन्न सकिने अवस्था भने नरहेको बताउनु भएको हा । अहिलेको एक्काइसौ सताव्दिमा आइपुग्दा पनि अझै थुप्रै प्रकारका बिभेदहरु महिलाहरु माथि हुदै आएको र आफुमाथि हुने कुनै पनि बिभेदहरुका बिरुद्ध स्वयम महिलाहरुले नै खुलेर आवाज उठाउनु पर्ने त्यसमा स्थानिय सरकारको वडा अध्यक्षको हैसियतले साथ सहयाग भरपुर रहने अध्यक्ष रावलको भनाई रहेको छ । उनले भने हामिले नगरपालिका भित्तका धेरै वडाहरुलाई छाउपडी गोठमुक्त घोषणा गरिसकेका छौँ । हामिले वडाको तर्फबाट महिलाहरुर्ला व्यावसाय तर्फ उन्मुख गर्नका लागि भनेर बिभिन्न सिपमुलक तालिमहरु पनि संचालन गर्दै आइरहेका छौ ।महिला माथि हुने बिभेदहरुको न्युनिकरणका लागि पनि वडाको तवर्फबाट निरन्तर पहल गरिरहेका छौँ । अव आगामी दिनमा कुनै पनि महिला दिदिबहिनिहरुले हिंसाको सिकार हुनु नपर्ने अवस्था सिर्जना हदैन । यसमा वडाको तर्फबाट गर्नुपर्ने कुनैपनि कुरामा आफु पछी नहत्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
बिद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायको अध्यक्षतामा संम्पन्न भएको कायौक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिका वडा न . ८ का वडा अध्यक्ष प्रकाश रावल रहनु भएको थियो भने कार्यक्रममा बिशिष्ट अथिति शिक्षा बिकास समन्नय इकाई प्रमुख हर्क बहादुर सिंह, महिला बिकास साखा प्रमुख बिर बहादुर बिष्ट, कार्यक्रममा अथिति देबेन्द्र शाह, पिसजिन अधिकृत महेश जोशी, शिक्षक बिद्यार्थी, जिल्ला स्थित बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधी, लगायत जिल्ला स्थित पत्रकार र अन्य सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बिद्यालयका शिक्षक उत्तमराज जोशीले गर्नुभएको थियो ।











