धनगढी–कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका –२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ ।
शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको छ । प्रहरीका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको ।











