बाजुरा– जिल्लाकाे सदरमुकाम मार्तडीको सुवाकाँध नजिकै साँफे–मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट राप्कतिर जाँदै गरेको अटोरिक्सा दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साँउदका अनुसार अटोरिक्सा दुर्घटनामा परि अटोमा सवार २ जना घाईते भएका र दुई जनाको घटना स्थलमै मृत्यु भएकाे बताइएको छ ।
अटोरिक्सा दुर्घटनाबारे र घाइतेहरुको थप विवरण ल्याउन आफु सहित बाजुरा प्रहरी प्रमुख ओझा र प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको पनि प्रहरी निरिक्षक साँउदले जानकारी दिनु भयो ।
घाइते दुइ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएर उपचार भइरहेकाे र अटोरिक्सा दुर्घटना के कति कारणले भएको हो भन्ने कुरा कुनै खुल्न नसकेको पनि उहाँले बताउनु भएको छ ।











