धनगढीः नेपाली काँग्रेसको १४ औँ महाधिबेशनमा बाजुरा जिल्लाबाट लामो समय देखि राजनितिक कर्दै आएका नेता धनराज पण्डित, पदम शाही र राधिका सिंह सदस्यमा बहुमतबाट विजयी भएका छन् ।
नेपाली काँग्रेसकी नेतृ एबम् महाधिबेशन प्रतिनिधी राधिका सिंहले भुगोलबाट ५०४ मत ल्याएर प्रदेश सदस्यमा विजयी भएकी हुन । त्यस्ते नेपाली काँग्रेस प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डितले भुगोलबाट ५०२ ल्याएर प्रदेश सदस्यमा बिजयी भएका हुन ।
नेपाली काँग्रेस बाजुराका नेता तथा महाधिबेशन प्रतिनिधी पदम शाही खुल्लाबाट प्रदेश सदस्यमा बिजयी भएका हुने । मंसिर १५ गतेबाट सूरु भएको महाधिबेशनको बन्द सत्र पश्चात निर्वाचन प्रकृया भएको थियो । मंसिर १८ गते मतदान भएको थियो ।
सभापति र उपसभापति पदको नतिजा भने मंसिर १८ गते राती नै सार्वजनिक भएको थियो । नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेशको सभापतिमा भारी मत ल्याएर पुर्व मन्त्री वीर बहादुर बलायर विजयी हुँनु भएको हो । शुदुरपश्चिम प्रदेशमा पुरै देउवा पक्ष नै निर्वाचित भएको छ ।