युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
336 पटक पढिएको

बाजुरा–जिल्लामा पछिल्लो समयमा सवारी दुर्घटनाका घटनाहरु बढ्न थालेका छन । मंसिर महिना सुरु भएपछी दुई साता भित्र मात्रै साफे मार्तडी सडक खण्डको बडिमालिका नगरपालिकामा मात्र एउटा जिप र एउटा अटोरिेक्सा दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु समेत भैसकेको छ । सवारी दुर्घटना बढ्न थालेपछि यात्रीहरुमा त्रास छाएको छ । दिन प्रतिदिन सवारी दुर्घटनाका घटनाहरू बढ्न थालेपछि यात्रुहरूले त्रासमा यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । एसो हेर्दा सजिलै काहीं कतैबाट दुर्घटना नहुने देखिन स्थानबाटै सवारी दुर्घटना हुन थालेका छन्। हुन त दुर्घटना हुनुका धेरै कारणहरु छन् । क्षमता भन्दा बढी यात्रुहरु बोक्न, मधिरासेवन गरेर सवारी साधन चलाउनु, कच्चि सडकको अवस्था् चालक र यात्रुहरु बिचको विवाद आदि दुर्घटना हुनुका कारणहरु हुन । तर पटकपटक सजिलै ठाउँमा पनि सवारी दुर्घटना हुनुको प्रमुख कारण भने एकिन भन्न सकिन्न ।

खास यही कारणले दुर्घटना बढेको हो भन्ने कुरा भने खुल्न सकेको छैन । सवारी चालकहरुले पैसा कमाउने भरमा क्षेमता भन्दा बढी मान्छे बोक्ने र चालकहरुले मधिरा सेवन गरि सवारी साधनहरु चलाउने गरेका कारण दुर्घटना बढ्न थालेको यात्रुहरूले गुनासो गर्ने गरेका छन् । लापरबाही गरेर चालकहरुले सवारी साधन चलाउदा पनि यसमा प्रहरी प्रशासन मौन बसेको भन्ने खालका आरोप प्रतिआरोपहरु लगाउने गरेको पाईन्छ । प्रहरीले सवारी चालकहरूलाई विशेष निगरानीमा राखेर मात्र लाइसेन्स प्राप्त चालकलाई मात्र सवारी साधन चलाउन दिने र अन्यलाई सवारी साधन चलाउन रोक लगायमा मात्र सवारी दुर्घटना कम गर्न सकिन्छ भन्ने धारणा यात्रुहरू राख्दै आइरहेका छन् ।

यो बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साँउदालाई सोध्दा यात्रीहरुले गरेका गुनासा स्वभाविक भएको र ती गुनासाहरुलाई प्रहरी निरिक्षकको हैसियतले सहजै स्वीकार गरेको बताउनुभयो । प्रहरी निरिक्षक धनदेव साँउदले पछिल्लो समयमा सवारी चालकहरुलाई थप कडाई गरिएको बताउनु भयो । उहाँले भने दुर्घटना हुनुका धेरै कारणहरु छन । एहाँको सडकको अवस्था देखि लिएर सवै कुरा हेर्दा अरु ठाउँको तुलनामा धेरै दुर्घटना हुने सम्भावना बढी देखिन्छ । अर्को कुरा चालकहरुको लापरबाहीका कारण पनि दुर्घटना भएको देखिन्छ । एहा गाडीको क्षमता भन्दा बढी सवारी बोक्ने गरेको पनि पाइएको छ । प्रहरीको आँखा छली सवारी बोक्ने गरेका छन् ।

ट्राफिकको आँखा छलेर यात्रुहरु बोक्ने गरेका कारण सवै ठाँउमा प्रहरी परिचालन गर्न असहज भइरहेको पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो कतिपय चालकहरु त मधिरा सेवन गरेर पनि चालाउने गरेका रहेछन । भक्खर दुई चार दिन अगाडि मात्र हामिले मधिरा सेवन गरेर सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिई कारवाही समेत गरेका छौँ । अर्को कुरा चालकहरुले पनि कुन सवारी साधानमा कति जना बस्नुपर्ने हुन्छ र कुन सवारीमा यात्रा गर्दा राम्रो हुन्छ भन्ने कुरा छुट्याउन नसकेका कारण छिटो पुग्ने आषमा पनि गाडीमा च्याप्पिएर बस्ने गरेको हामिले भेटाएका छाैँ। अर्को कुरा गाडी कुन स्पिडमा गइरहेको छ त्यो कुरालाई पनि यात्रुहरूले ध्यानमा राख्नुपर्ने हुन्छ । प्राय जसो यात्रुहरूले हतार भएको बेला चालकलाई पनि छिटो चलाउनुस ढिलो छ भन्ने गरेको पनि पाईन्छ । निरिक्षक साँउदले चालकहरुले पनि सिक्दै गरेको सहचालकहरुलाई पनि चलाउन दिने गरेको कारणले पनि दुर्घटना हुने गरेको बताउनु भयो । उहाँले अब यी सवै कुराहरूमा प्रहरी प्रशासन थप कडाइका साथ लाग्ने बताउनु भएको छ । सवारी दुर्घटना कम गर्नका लागि चालकहरुले गरेको लापरबाही लाई तत्काल कम गर्न आफू प्रहरी निरिक्षककाे  हैसियतले काहीं कतै नचुक्ने पनि उहाँले बताउनु भएको छ ।

यसमा एउटा ट्राफिकको मात्र कमजोरी नभएर चालकहरु र यात्रीहरु को पनि कमजोरी रहेकोले एउटै ट्राफिक लाई मात्र दोष दिन नहुने उहाँले बताउनु भएको छ । उहाँले सवारी दुर्घटनाका घटनाहरु कम गर्नका लागि ट्राफिक, चालक र यात्रुहरु सवै जिम्मेवार हुनुपर्ने र एउटाको मात्र प्रयासले दुर्घटनाका घटनाहरु कम गर्न नसकिने भएकाले सवैले आफ्–आफ्नो ठाँउबाट थप जिम्मेवारीका साथ लाग्नुपनेृ बताउनु भएको छ ।

यसो हेर्दा बढी लापरबाही सवारी चालकहरू र यात्रुहरुकै भएतापनि यसमा ट्राफिकको पनि ध्यान नगएको पाइएको छ । एदि फेरि पनि ट्राफिकले थप कडाई नगर्ने हो भने सवारी दुर्घटनाबाट थप मानवीय क्षेती बेहोर्नु पर्ने अवस्था आउन सक्छ । त्यसकारण चालकहरुलाई सचेत गराउने जिम्मा ट्राफिकको हातमा रहेको छ ।प्रहरी निरिक्षक साँउदका अनुसार एक साता अगाडी भएको जिप दुर्घटना सहचालकबाट नै भएको र आइतवार भएकाो अटोरिक्सा दुर्घटनाको चालकलाइृ पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!