बाजुरा–अटो दुर्घटना परि घाइते भएका भिम खत्रीलाई डडेल्धुरा रिफर गरिएको छ । आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको सुुवाकाँधमा अटो दुर्घटनामा परी घाइते भएका भिम खत्रीलाई डडेल्धुरा रिफर गरिएको हो ।
खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार गरेर ज्यान जाने अवस्थाबाट बचाइएको र थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश राज जोशीले जानकारी दिनु भएको छ ।
प्रमुख जोशीका अनुसार खत्रीको टाउको र खुट्टामा गम्भिर चोट लागेको र भित्रि शरिरमा पनि चोट लागेको हुन सक्ने भएकोले थप उपचार यहाँ सम्भव नभएपछी रिफर गरिएको बताइएको छ ।
बुढीगंगा नगरपालिका–१ का स्थानिय रहेका खत्रीको अवसथा भने सामान्य रहेको तर जटिल्ता नहोस भन्ने उदेश्यले रिफर गरिएको प्रमुख जोशीले बताउनुभयो । उक्त दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको थियो ।











