युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा ५.३ म्याग्निच्युड भुकम्पको धक्का | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | पत्रकारितामा राजनिति, महासंघको चुनावमा छुट्टाछुट्टै गठबन्धन | कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि |
562 पटक पढिएको

वीरबहादुर विष्ट/घटना १- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७ चैत्र २० गतेसम्मका लागि दोहोरो पालिकाको सहमती सहित सरूवा गर्न निवेदन पेश गर्न सुचना गरे बमोजिम कार्यरत पालिकाबाट सहमती लिएर घर पायकको पालिकामा सहमती लिन जांदा कार्यालय प्रमुखले मेयरसापलाई पत्रमा तोक लगाउन पठाउनु भयो । करिव १ घण्टाको पर्खाई पछी पाल्नु भएका मेयर सापलाइ पत्र पेश गरी सहमतीका लागि अनुरोध गर्दा हाम्रोमा प्याक भैसक्यो रिक्त भए खवर गरौंला भनेर तोकै नलगाई फिर्ता आएं । प्रशासन शाखामा कार्यरत कर्मचारीलाई बुझ्दा २ जना रिक्त छ भन्छन भने मेयर साप प्याक भैसक्यो ।
घटना २
सुदूरपश्चिमको हिमाली जिल्लामा कुनै एउटा विद्यालयमा विगत १४ महिनादेखि मा.वि. तहमा दरवन्दी रिक्त छ । रिक्त विद्यालयको सेवा क्षेत्र भित्र कै मावि स्थायी शिक्षकले कार्यरत विद्यालयबाट विव्यसको निर्णय सहित निवेदन पेश गरेको वर्षदिन पुग्यो न विव्यसले उनलाइ सहमती दिएको छ न दरवन्दी पुर्ति भएर पठन पाठन सन्चालन हुन सकेको छ ।

माथी उल्लेखित घटना त प्रतिनिधी मात्रै हुन। सहमती लिने दिने देखि सरूवा गरिदिने गौडा गौडामा भेटी चढाउन २ लाख खर्चिएको र सरूवा भएको खुसीयाली भव्य भोज गरेको समचार पुरानो भएको छैन । विगतमा शिक्षा क्षेत्रमा गरिएको दोहोरो सहमतीको अभ्यास हाल गैर कानुनी रूपमा स्थानीय तहका कर्मचारीको हकमा लागु गरिदै छ । ( कर्मचारी व्यवस्थापन सम्वन्धी मापदण्ड बनाइएको भनिए ता पनि न मन्त्रालयको वेवसाईटमा छ न कतै प्रकाशित छ )
निजामती सेवा ऐन २०४९ को दफा १८(१) मा निजामती कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउनका लागि उपदफा (३) बमोजिम सरुवा गरिनेछ र त्यस्तो सरुवा गर्ने अधिकार अख्तियारवालालाई हुनेछ व्यवस्था छ र सोहि अनुसार विगतदेखि सरूवा गरिदै आएको थियो तर स्थानीय तहका कर्मचारीका लागि मात्रै मन्त्रालयले चाहिने कानुन र परम्परामा नै नरहेको कार्यालय प्रमुख र पालिका प्रमुखको हस्ताक्षर सहितको दोहोरो सहमती चाहिने मापदण्ड ल्यायो । कार्यालय प्रमुखसम्म त ठिकै हो रिक्त रहे नरहेको, कार्यबोझ र आवश्यकता पहिचान गर्न सजिलो हुन्छ तर राजनैतिक नेतृत्व सहमती किन र के का लागि ? नमस्कार नगरेकै भरमा कर्मचारीलाई हप्किदप्की गर्ने नेतृत्वबाट के सजिलै सहमती पाइएला ? गैर राजनैतिक चरित्र भएका कर्मचारीको राजनैतिक पहिचान विना के सहमती सम्भव छ ? छैन । कर्मचारीको नेतृत्व प्रशासनिक अख्तियारी प्राप्त कर्मचारीले गर्ने हो राजनितिक नेतृत्वले हो । अझ शिक्षकको जस्तै कार्यपालिका बैठकको निर्णय गरिनु पर्ने प्रावधान राख्न सक्ला मन्त्रालय के एक जना कर्मचारीको सरुवाका लागि बैठक सम्भव छ ? छैन ।
समृद्व नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न सवै राष्ट्रसेवक कर्मचारीलाई एउटै कानून, एउटै ब्यवहार गरिनु पर्दछ । राज्य जुनसुकै तहको कर्मचारी सवै तहको अनुभव लिन पाउने गरी पुर्व अनुमानयोग्य चक्रिय सरूवा प्रणालीको विकास गरिनु आजको ज्वलन्त आवश्यकता हो । कर्मचारीलाई वर्ग विभाजन गरी फुटाउ र राज गरको शैलीमा राष्ट्रसेवक कर्मचारीको मनोवल गिराउने दुष्कार्य स्वीकार्य छैन । संघीयताको आधारशिला स्थानीय तहमा मुस्कान सहितको सेवा प्रवाह गर्ने गरी वातावरण सिर्जना गर्ने दायित्व र जिम्मेवारी तालुक मन्त्रालयको हो । मन्त्रालयले आफुलाई सिंहदरवारको चौघेराका शेर सम्झिने कर्मचारीको आवाज मात्र सुनेर हुदैन विहान ६ देखि साझ ६ वजेसम्म पालिकाको कार्यालयमा मेसिन झै खटिने कर्मचारीको समेत आवाज सुन्न जरूरी छ । एकाधको सरूवा हुनु ठुलो विषय हैन हामीले खोजेको राष्ट्रसेवक कर्मचारीवीचको समान कानुनी व्यवस्था हो । नीतिगत प्रवन्ध हो । सवै कर्मचारीवीचको समानता हो । दोहोरो सहमतीको मापदण्ड गैर कानुनी छ । अव्यवहारिक छ यसलाई तुरून्त खारेज गरी प्रचलित कानून वमोजिम कै सरूवा प्रणाली अपनाईयोस । कर्मचारीलाइ राजनीतिबाट तटस्थ रहन दिने व्यवस्थाको सुनिश्चितता गरियोस ।

( लेखक : स्थानीय तह कर्मचारी हकहित मन्च तदर्थ समितिका केन्द्रिय सचिव हुन ।)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!