बाजुरा–गुड नेभर्स इनटरनेशनल पिसविन बाजुराको साझेदारी र कोइकाको आर्थिक सहयोगमा जिल्लाका ५ वटा पालिकामा लागु भएको महिनावारी स्वच्छता परियोजना कार्यक्रमको बिभिन्न संचार माध्यमहरुमा कार्यरत संचारकर्मीद्वारा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त परियोजना जिल्लाको खप्तड छेडेदह गाँउपालिका, बुढिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बडिमालिका नगरपालिका, गौमल गाँउपालिका, बुधवार गुगुड नेभर्स इनटरनेशनलमा कार्यरत कर्मचारीहरु र संचारकर्मिहरुको टोली छुट्टाछुट्टै समुहमा ५ वटै पालिकामा गई किशोरी समुहकी किशोरीहरु संग खुला अन्तरक्रिया गरिएको हो । उक्त परियोजनाले पछिल्लो समयमा बिशेष गरेर महिनावारी स्वच्छता सम्वन्धि बिभिन्न बिद्यालयहरुमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस परियोजनाले महिनावारीको समयमा आइपर्ने समस्याहरु र ति समस्याहरुबाट कसरी सचेत रहने भन्ने बिषयमा बिद्यालयहरुमा किशारीहरुलाई निरन्तर रुपमा अभिमुखिकरण गोष्ठीहरु संचालन गर्दै आइरहेको छ ।
बिगतका दिनहरुमा प्राय जसो किशोरीहरु महिनावारी भएपछी बिद्यालय नआउने, महिनावारीको समयमा हुने समस्याहरु खुलेर अरुलाई भन्न नसक्ने अवस्था थियो तर पछिल्लो समयमा उत्तल परियोजना लागु भइसकेपछी किशारीहरुले महिनावारीको समयमा आइपर्ने समस्याहरुका बिषयमा धेरै कुराको जानकारी प्राप्त गरेको र महिनावारीको समयमा हुने समस्याहरुको बिषयमा खुलेर अरु संग कुरा गर्न सक्ने क्षमताको बिकास भएको भानोदय नमुना माध्यामिक बिद्यालयमा रहेको किशोरी समुहकी अध्यक्ष मनिसा जोशी बताउन्छिन् । उनले भनिन् त्यो भन्दा पहिला बिद्यालयमा शौचालएको व्यवस्था रामो्र थिएन ।
महिनावारी हुदा लाजले घर जानुपनेृ अवस्था थियो । हामि यो सम्वन्धि कुनै पनि कुरा अरुलाई भन्न सक्दैन थियौँ । महिनावारीको समयमा जस्तोसकै समस्या देखा परेपनी हामिले लुकाएर राद्यने गरेका थियौँ । तर यो परियोजना लागु भइसकेपछी हामिले महिनावारी स्वच्छता सम्वन्धि धेरै फटक तालिममा सहभागि भयौँ र तालिमहरु बाट यो महिनावारीको समयमा सरसफाइमा ध्यान नदिदा हुने समस्याहरुको बारेमा,धेरै कुरा सिकेका छौँ । अहिले हामि यो महिनावारी सम्वन्धि जस्तोसुकै समस्याहरु राख्नु पर्दा नहिच्किचाइकन राख्न सक्ने भएका छौँ पहिलाको भन्दा अहिले हामीलाई धेरै सहज भएको छ । हामिले महिनावारी हुदा कुनै पनि प्रकारको समस्याहरु भोग्नु परेको अवस्था छैन् ।
उक्त परियोजनाले महिनावारी स्वच्छता सम्वन्धि मात्र नभई बिभिन्न समयमा आइपर्ने संकटयुक्त समयमा पनि बिशेष सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कोरोना माहामारिको संक्रमणले बिश्व नै आक्रान्त भइरहेको वेला उक्त संक्रमबाट बिद्यार्थी हरु संक्र्रमित न हुन भन्ने उदेश्यले बिद्यालयमा कोभिडको संक्र्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु बितरण गरेको थियो । अझ भन्ने हो भने यो जोखिमको समयमा उक्त परियोजनाले बालबालिकाहका लागि अभिभावकको भुमिका निर्वाह समेत गरेको थियो । परियोजनाले बिद्यालयहरुम मात्र नभई स्वास्थ्य संस्थाहरुमा र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मिहरुलाइ संक्र्रमित हुनबाट बचाउन सुरक्षाका सामाग्रीहरु सहयोग गरेको थियो ।
सहयोग गरिएको स्वास्थ्य सुरक्षाका सामाग्रीहरुले संक्रमण हुनबाट थप सुरक्षित गरेको टाँटे स्वास्थ्य चौकीका इन्र्चाज छत्र बहादुर थापाले बताए । यसका साथै कोभिडको संक्रमण चलिरहेको अवस्था र कोभिड नियन्त्रण भइसकेपछीको अवस्था कस्तो रहेको छ भन्ने बिषयमा बिद्यालयमा बिद्यार्थी र शिक्षक त्यसैगरी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरु संग अन्तरक्रिया समेत गरिएको थियो । कोभिडको संक्रमण चलिरहेको वेला सवैमा एककिसिमको त्रास थियो । सवैले सरसफाइमा पनि बिशेष ध्यान दिएको पाइन्थ्यो तर संक्रमण केही कम भएपछी अहिले थप लापरबाही भएको देखिन्छ । फेरी संक्रमण फैलिने हो भने ठुलो समस्या सिर्जना हुन सक्ने सम्भावना देखिएको छ । भानोदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक मनबिर खातिले भने ।
कोभिड १९ को संक्रमणले मानिसहरुमा सरसफाई गर्ने बानिको बिकास भएको सोही बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा सरस्वती खड्काले बताइन् ।उनले भनिन् कोभिडको समयमा सवैको घरमा जुठयानमा साबुन हुन्थ्यो । ससफाइमा ध्यान धेरै केन्द्रित भएको थियो। अन्य रोगहरुबाट पनि संक्रमित हुने सम्भावना कम भएको थियो । तर अहिले प्राय धेरै जसोले छोडिसकेका घन् । मास्क समेत पनि लगाउने गरेका छैनन् । कोरानाका कारण दुई बर्ष लागातार परिक्षा नदिकनै पास भएका छौ पढाई धेरै बिग्रेकाे छ । यसका साथै उक्त परियोजना लागु भइसकेपछी बिभिन्न बिद्यालय तथा स्वास्थ्य संस्थाहरुमा गरिएको सहयोग सामाग्रि र सोही परियोजना द्वारा निर्माण हुदै गरेका किशारी मैत्री शौचालएहरुको अनुगमन समेत गरिएको थियो ।