राम बहादुर दानी–जिल्लाको तल्लो क्षेत्रमा परेको अशिना पानीले ठुलो क्षेति पुर्याएको छ । बाजुराको तल्लो भेगमा आज दिउँसो साढे ४ बजे तिर परेको पानिले लाखौं क्षेति गरेको स्थानिय मदन थापाले बताएका छन । पानी संगै आएको असिनाले तरकारी बाली पाक्न लागेको गहुँ बाली नष्ट गरेको छ । पाक्न लागेको बाली अशिनाले बगाउदा किशानहरू चिन्तित भएका छन ।
त्यस्तै पनि बाजुरा जिल्ल भोकमरीको चपेटामा पर्दै आएको छ भने पाक्न लागेको बाली अशिनाले सखाप पार्दा कृषकहरुलाई भोकमरी हुने चिन्ता बढेको सो ठाँउका स्थानिय मदन थापाले बताएका छन ।
त्यसै गरी असिना संगौको अविरल पानीले घट्टेखोलामा आएको बाढीले साफे–मार्तडी सडक खण्ड पुर्ण रुपमा अवरुद्व बनाएको छ ।साँफे मार्तडी सडक खण्ड अबरोध संगै ताँप्राखोलाको बाहाप बढ्दा करिब २५ रोपनि बराबर गँहु बाली छापेर सखाप बनाएको स्थानीय थापाले बताएका छन ।