काठमाडौं–गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुने भएको छ । ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहले दिएको जानकारी अनुसार एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८ः३० बजेदेखि सुरु हुन छ ।
नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ ।
श्रोत दिनेश खवर











