बाजुरा–जिल्लामा २ वर्ष एता सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका सहायक प्रमुख जिल्ला अधिकारीकारी समीर भण्डारीको सरुवा हुनु भएकाे छ । भण्डारीको जिल्ला प्रशासन कार्यालय बाजुराबाट राष्ट्रिय पञ्जिकरण महाशाखा काठमाण्डौंमा सरुवा हुनु भएको हो ।
भण्डारी २ वर्ष अघि बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए । करिव २ वर्ष जिम्मेवारी सम्हालेका भण्डारीले जिल्ला प्रशासन कार्यालय बाजुरामा सेवा लिन आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएका थिए । साथै उनले नागरिकता वितरण कार्यलाई समेत व्यवस्थित बनाउँदै अाइरहनु भएकाे थियाे ।
त्यति मात्रै नभई भण्डारीले जिल्ला प्रशासन कार्यालय बाजुरामा आउन नसकेका कतिपय सर्वसाधारणलाई त सम्वन्धित व्यक्तीकै घरमा पुगेर नागरिकता समेत प्रदान गरेका थिए । बाजुरामा रहँदा जिल्लाका ९ वटै पालिकामा पुगेका सहायक प्रजिअ भण्डारीले विशेष गरी यहाँको प्रशासनिक क्षेत्रलाई उल्लेख्य सुधार गर्न सफल हुु भएकाे थियाे ।
बाजुराबाट सरुवा भएसँगै उनको शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराले एक औपचारिक कार्यक्रम गर्दै भव्यताका साथ विदाई समेत गरेको छ ।











