बाजुरा–बाजुरा जिल्लामा संचालित एमएचएम परियोजना द्वारा जिल्लाको बडिमालिका नगरपालिका ८ मा रहेको मालिका नमुना माविका किशोरीहरुलाई ४ सय सेनेटरी प्याड बितरण गरेको छ ।
कोइकाको आर्थिक सहयोग र पिसविन बाजुरा द्धारा संचालित महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत शुक्रवार मालिका माविमा अध्यानरत किशोरीहरलाई सेनेटरी प्याड हस्तारण गरिएको हो ।
परियोजनाले सेवा क्षेत्र भित्रका विद्यालयमा अध्यानरत किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि बिभन्न समयमा किशोरीहरुसंग अभिमुखिकरण, गोष्ठीहरु पनि संचालन गर्दै महिनावारी बारे सचेतना जोगाउदै आइरहेको छ । उक्त परियोजनानले सेवा क्षेत्र भित्रका विद्यालयमा अध्यानरत किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि दख्खल बनाउने उदेश्यका साथ लाग परेको छ । उक्त परियोजना द्वारा नै सेवा क्षेत्र भित्रका विद्यालयहरुमा यतिवेला किशोरीमैत्री शौचालयहरु निर्माण समेत भइरहका छन् ।परियोजना लागु भएका सेवा क्षेत्र भित्रका विद्यालयमा किशोरीहरुमा पहिलाको तुलनामा आकास पातलको फरक भएको देखिन्छ । उक्त परियोजना लागु भएपछी नै महिनावारीको समयमा आइपर्ने कुनै पनि समस्या घरमा होस अथवा बिद्यालयमा होस आफुले भोग्नु नपरेको किशोरीहरुले बताउन्छन् ।घरमा भन्दा बढी सेवा सुविधाहरु बिद्यालयमा पाएको किशोरीहरुको भनाई रहेको छ ।











