बाजुरा–जिल्लाको बुढीनन्दा नगरपालिका–७ पहेलसेरामा मा टिप्पर अनियंत्रित भई पल्टीदा एक हल गोरु मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार शुक्रवार नापी कनट्रक्सन प्रा.लिको बा.प्र.०१००३ क ८६८० को टिप्पर पल्टीदा स्थानिय गणेश रोकायाका एक हल गोरु मरेको बताइएको छ ।
रोडमा जाली भर्नका लागि प्रयोग गरिने टिप्पर दिउसो २ः३० बजे तिर रोड बाट २ मिटर तल खस्दा बाँधिरहेका गोरुमा लाग्दा एकहल गोरु मरेका हुन् ।
मानविय तथा अन्य क्षेति भने कुनै नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।











