युनिकोड    राशिफल    एफएम रेडियाे                        
318 पटक पढिएको

बुढीनन्दा कृषि सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्लीमा संचालित बुढीनन्दा कृषि सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हाम्रो सभाज हाम्रो जिम्वेवारी,व्यवसायिक बन्न गरौँ तयारी भन्ने मुल नाराका साथ शनिवार बुढीनन्दा कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको हो ।

७ औँ वसन्त पार गरि ८ औँ वर्षमा प्रवेश गरेको हुदाँ संस्थाले ८ औँ साधारण सभा मनाएको हो । सहकारी मुल्य मान्यता र सहकारीका एन नियम, सहाकरी संचालन नितिलाई सधै आत्म साथ गर्दे आएको यस संस्थाको समितिका सदस्यहरको सक्रियता र निरन्तरताका कारण ३४ जना शेयर सदस्य बाट सुरु भएको सहकारी हाल १ सय ९६ शेयर सदस्य र १ सय २३ जना बालवचत कर्ता बनाउन सफल भएको छ, भने उक्त संस्था बाट २९ जना सदस्यहरुले पशुपालन व्यवसाय,४ जनाले बैदेसिक रोजगारिका लागि ऋण लगेका छन् भने १९ जना सदस्यले व्यापार व्यवसायको लागि ऋण लगेर जिविकोपार्जन गरि रहेका छन् ।सो सहकारी संस्थामा २७ लाख ५८ हजार ९ सय ५५ बरावरको कारोवारो रहेको देखिन्छ ।

feature image

यस सहकारी संस्थाले हाल सम्म बडिमालिका नगरपालिका कुषि शाखाको आर्थिक सहयोगमा साना व्यवसायि कृषि उत्पादन केन्द्र अन्तर्गत रु ९ लाख रुपैँया विनियोजन भई ५० जना कृषकलाई बाख्रा वितरण गरि रु २४ हजार रकम बचाउन सफल भई सहकारीको खातामा जम्मा गरिएको छ । भने यस वर्ष रु ७ लाखको बजेट विनियोजन भई कार्य संचालनको प्रक्रियामा रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।उक्त कृषि सहकारी संस्थालाई थप चलाएमान बनाउन सहकारी संस्थाको सम्पुर्ण पदाधिकारीहरुले सक्रिय हुने पर्ने सो सहकारी संस्थाका अध्यक्ष मथुराराज पण्डितले बताए ।कार्यक्रमका प्रमुख अतिथि तथा बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्याले यस संस्थाको उज्ल भविष्य बनाउनका लागि आफुले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्नमा पछि नहट्ने बताएका छन् ।

 

नियमित आफै उपस्थित भएर बचत गर्ने लालि खत्री र तोकिएको समयमा ऋण र व्याज बुझाउने रामलाल जैसीलाई उचित पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको संस्थाको व्यवस्थापक हेमराज उपाध्यायले जानकारी दिएका छन् ।यस बुढी नन्दा कृषि सहकारी संस्थाले प्रत्येक वर्षको साधारण सभामा देउडा खेल प्रतियोगिता र सक्रिय सदस्यलाई सम्मान गर्दे आएको छ ।बुढीनन्दा कृषि सहकारी संस्थाको अध्यक्ष मथुराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।विशिष्ठ अतिथिमा नेपाली कांग्रेस पार्टी प्रतिनिधि ओमकार वोगटी,नेकपा एमाले पार्टी प्रतिनिधि लछी विक,नेकपा मोओवादी पार्टी प्रतिनिधि प्रेम बहादुर विक रहेका थिए भने नेकपा एमाले वडा कमिटि अध्यक्ष कृष्ण खत्री,नेपाली कांग्रेस वडा कार्यसमिति उप सभापति उमाकान्त जैसी,लक्ष्मी माविका प्रधानाध्यापक लालचन्द्र जैसी,बडिमालिका नगरपालिकाका कर्मचारी मोहनराज पण्डित,राजेन्द्र जैसी कला थापा लगाएत अतिथि रहेका थिए ।

feature image

सहकारी संस्थाको शेयर सदस्य र अन्य उपस्थिति गरि २ सय भन्दा बढिको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका कार्यसमिति सचिव नर प्रसाद जैसीले गरेका थिए । उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोरख बहादुर विकले स्वागत मन्तव्य राखेर सम्पुर्ण प्रमुख अतिथि र अतिथिहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!