काठमाडौं–नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले सभापतिमा शेरबहादुर देउवालाई हराएरै छाड्ने बताएका छन ्। सभापति पदका उम्मेदवार निधिले महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै दोस्रो चरणको निर्वाचनबाटै भएपनि देउवालाई हराउने बताएका हुन्।
पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दाबी गर्दै दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुने उनको भनाई छ । ्। महाधिवेशनबाट कांग्रेस नेतृत्व परिवर्तन गर्ने तथा महाधिवेशनपछि सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने उनले दाबी गरे ।











