काठमाण्डौः आइतबार कमल पोखरीको अग्रवाल भवनमा पत्रकार सम्मेलन गरी सिटौला टिमले देउवा टिमलाई पुर्ण सहयोग तथा समर्थन दिएको छ ।
नेपाली काँग्रेसका सभापति तथा सम्माननिय प्रधानमन्त्री शेरवहादुर देउवा टिमले शनिबार उम्मेद्वारको मनोनयन दर्ता गरेको थियो । मनोनयन दर्ता पश्चात आइितबार देउवा टिमको उम्मेद्वारी घोषणा कार्यक्रममा सिटौलाको उपस्थिति रहेको थियो ।
सिटौलाले १४ औं महाधिबेनमा देउवा टिमलाई पुर्ण रुपमा समर्थन दिएको हो । सिटौलाले समर्थन दिए पश्चात देउवा सभापतिमा जित्ने पक्कापक्की भएको छ । सभापति पदका लागि ६ जनाको उम्मेद्वारी भएता पनि देउवा टिम बलियो बन्दै जितको संघारमा रहेको छ ।
नेपाली काँग्रेको नेतृत्व देउवाले मात्र लिन सक्ने भएकोले आगामी संघिय निर्वाचनमा देउवालाई सभापतिमा विजयी नगराए पार्टीले ठुलो क्षति बेहोर्नु पर्ने भएको हुदा सिटौलाले पुर्ण रुपमा सहयोग तथा समर्थन दिएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले प्रधानमन्त्री देउवा विनाको संगठन अपरिपक्को हुने भएकोले नेपाली काँग्रेसको बिधान अनुसार दुई पटक सभापति हुन पाउने उल्लेख भए वमोजिम सिटौलाले पुर्ण रुपमा समर्थन दिने बचन दिएका हुन ।

पत्रकार सम्मेलनमा सभापति देउवाले आफुलाई देश र जनताले फेरी पनि नेतृत्व लिन जिम्मेवारी दिएकोले आफु पुनः दोहोरिने भएको बताएका छन् । कार्यक्रममा बोल्दै देउवाले आफुले दम्बको राजनिति गर्ने ओलीलाई समेत घुडा टेकोएको स्मरण गराउदै आगामी संघिय निर्वाचनमा तिनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतमा बिजयी गराउने बताएका छन् ।
यतिखेर जनताको पुनः भविष्यको मार्ग दर्शन गर्ने समय आएकोले सबैले सोच्नु पर्ने बताए । कार्यक्रममा बोल्दै १४ औँ महाधिबेशनमा आफु सभापति नभए जनताले दुख पाउने ठोकुवा गर्नु भयो । कम्युनिष्टको हातमा सत्ता गयो भने दम्बको ओली सरकारले दिएको पिडा पुनः जनताले भोग्नु पर्ने भएकोले आफुले मात्र त्यसको प्रतिकार गर्ने सक्ने बताए ।
१४ औँ महाधिबेशनको उम्मेद्वारी दर्ताको नमिनेशन पश्चात रामचन्द्र पौडेलले पनि एक बिज्ञप्ती जारी गरी देश र जनताले मागेको नेतृत्व चयन गर्न सम्पुर्ण महाधिबेशन प्रतिनिधीलाई अनुरोध गर्नु भएको छ । यसरी जारी गरेको बिज्ञप्तीमा आन्तरिक रुपमा देउवा पक्षलाई नै सहयोग गर्ने देखिएको छ ।












