काठमाण्डौः जनकराज गीरी देउवा टिमबाट केन्द्रीय सदस्यमा लड्ने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा २५ गते अलग अलग टिममा उम्मेद्वारी दिदै घोषणा कार्यक्रम भएको थियो । यसै क्रममा बाजुराबाट प्रतिनिधित्व गर्ने पुर्व भुमिसुधार तथा सहायक मन्त्री जनकराज गीरीले कोइराला टिमबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता गराएता पनि आइतवार रामचन्द्र पौडेलले शेर बहादुर देउवालाई सहयोग गर्ने बताए पछि नेता गीरी पनि देउवा टिमबाट ३४ नम्बरमा परेर लड्ने भएका छन ।
यसरी सिटौला र पौडेलले देउवालाई समर्थन र सहयोग गर्ने भए पछि नेता गीरी पनि देउवा टिममा परेका हुन । आइतबार राती सम्म टिम मिलाउदै जाँदा सिटौला, सशांक र पौडेल टिमले देउवा टिमलाई पुर्ण सर्मथन र सहयोग गर्ने भए पछि बाजुराबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार जनकराज गीरी पनि खुल्ला सदस्यमा बहुमतले जिन्ते पक्का पक्की भएको छ ।