धनगढी–धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालनमा आएको छ । सोमवारबाट हसनपुरमा १५ शय्याको न्यूरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आएको हो । एक कार्यक्रमकाबीच सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले अस्पतालको उद्घाटन गरेका छन्।
सेन्टरका सञ्चालक सुरेश सापकोटाका अनुसार अर्थोप्लाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको जस्तै गुणस्तरीय सेवा धनगढीमै दिन फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आएको बताइएको छ । सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धी उपचार तथा परामर्श, स्पिच थेरापी, पेड्रयाट्रीक फिजियोथेरापी तथा खेलाडीहरुका लागि स्पोर्ट्स रिहाब्लिटेशन सेवा दिइने उनले बताए ।
श्रोत दिनेश खबर