धनगढी–नेपालगञ्जको एउटा टेक्निकल कलेजका प्रिन्सिपल १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावल रहेका छन् । रावल विरूद्ध १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि पक्राउ गर्नु परेको बाँके प्रहरीले जनाएको छ ।
‘पीडित छात्राले आफूलाई प्रिन्सिपलले डर धम्की देखाएर पटकरपटक बलात्कार गरेको भनेर दिएको जाहेरीका आधारमा प्रहरीले तीन दिन अगाडि रावललाई पक्राउ गरिएको हो,’ ‘घटना अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । एसपी स्रोतले भन्यो, ’ पक्राउ परेका रावल स्प्रिङ डेलका अध्यक्ष समेत हुन्। उनले टेक्निकल कलेजमा अंग्रेजी विषय पढाउँदै आएका थिए । किशोरीले शिक्षक रावलले पीडित डर धम्की र त्रास देखाएर पटक पटक बलात्कार गरेको भन्दै जाहेरी दिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
श्रोत दिनेश खबर











