
धनगढी–कैलाली शुक्रबार बिहान मात्र थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दम सम्बन्धी दिर्घ बिरामी रहेका एक मृतकको बैसाख १८ गते एक निजी अस्पतालमा भर्ना गरिएको थियो । निजहरुको पीसीआर रिर्पोट पोजेटिभ आएको थियो उपचारको क्रममा शुक्रबार बिहान २:४५ बजे तिर उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यायल कैलालीले जनाएको छ ।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिलाको मृत्यु भएको छ । गत २० गते बैसाख मात्र निज महिलालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरी एन्टिजेन बिधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको शुक्रबार बिहान साढे ६ बजेको समयमा सेती प्रादेशिक अस्पतालको आईसीयूमा नै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यायल कैलालीका सूचना अधिकारी शिवराज जोशिले बताए ।