बाजुरा– जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुले सुक्रबार कारागार भित्रै आन्दोलन गरेका छन । कारागारमा क्षमता भन्दा दोब्बर बढी राखेर न्युनतम सेवा सुविधा नदिएको भन्दै शुक्रबार बिहान उनीहरु आन्दोलित भएका हुन ।
जिल्ला कारागार बाजुरामा जम्मा २५ जना क्षमता कैदीहरु मात्र अटाउने क्षमता भएको तर दोब्बर बन्दी राखिएको भन्दै कैदीबन्दीहरु अन्दोलित भएका हुँन । पटक पटक जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदीबन्दी राखेको समाचार बाहिरिदा पनि यो बिषयमा सम्बन्धित निकायको ध्याँन नगएको भन्दै उचित व्यवस्थापन गर्न नसेकोले कैदीबन्दीहरुले हो हल्ला गरेर नारा सहित चर्काे अन्दोलनमा गरेका हन ।
कारागारको क्षमता अनुसार २५ जना मात्र कैदीबन्दीहरु राख्नु पर्नेमा ५९ जना बन्दी एकै ठाउँमा राखेकोले बस्न असजिलो भएको र कोचाकोच भएर बस्नु पर्ने बाध्यता रहेको भन्दै यो अवस्थाको व्यवस्थापन गर्नु पर्ने बन्दीको माग रहेको छ ।
दोस्रो चरणको कोरोना कहरको बेला संक्रमणको अवस्था आँउने भन्दै दोब्बर बन्दी राख्न नहुने र यसको ब्यबस्थापन नभए सबै बन्दीहरुमा कोरोना संक्रमण हुन सक्ने भन्दै कैदी बन्दीहरु आक्रोसित भएर आन्दोलोन मा उत्रिएको पाइएको छ । ५९ जना कैदीबन्दी मध्ये ८ जना बनदीलाई कोरोना संक्रमण पुष्टि भइसकेकोले स्तो अवस्थामा समेत धेरै बन्दीहरुले संयुक्त एउटै कोठा र खटियामा सुत्नु परेकोले आफुहरुको सुनुवाइ नभएको कैदीहरुको भनाई रहेको छ ।
उनीहरुले आफुलाई खान, बस्न लगायत सेवा सुविधको उचित व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् । यस्तै कारागार जीर्ण अवस्थामा रहेकोले थप कैदीबन्दीहरु समस्या परेका छन् । २५ जना क्षमता भएको कारागारमा ५९ जना बन्दी राखेर न्युनतम सेवा सुविधा समेत नदिई अहिलेसम्म आफूहरुको कुनै वास्ता नभए पछि मात्र शुक्रवार आन्दोलोन गर्नु परेको बन्दीले बताएका छन् ।