
- राम बहादुर दानी– बाजुरामा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार एन्टिजेन बिधीबाट ४१ जनाको परिक्षण गरिएको थियो । बिहिबार दिउसो ३:३० बजेदेखि शुक्रबार दिउसो ३:३० बजे सम्म एन्टिजन विधिबाट चेक गर्दा कोरोना संक्रमित हुनेको संख्या १ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।
संक्रमित हुनेहरुमामा ७ जना बाडीमालिका नगरपालिका, १ जना स्वामिकार्तिक गाँउपालिका र ३ जना बुढीगंगा नगरपालिकाका रहेका छन । त्यस्तै १४ जना कोरोना जितेर घर फर्किएका छन ।
कुल संक्रमित मध्ये अहिले सम्म १२३ जना होम आइशोलेशनमा र १८ जना जिल्ला अस्पतालको आइशोलेशन तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसनमा रहेका छन् ।
।