बाजुरा–जिल्लामा मंगलवार् साँझ देखी सुरु भएको लागातार बर्षाका कारण अधिकांस ठाँउहरुमा हिमपात भएको छ ।लागातारको बर्षाका कारण हिमपात भएपछी जिल्लामा चिसो अत्याधिक बढेको छ । चिसो बढेसंगै यहाँको जनजिवन निकै प्रभावित बनेको छ ।
अहिले पनि जिल्लाका सबै ठाँउहरुमा लगातार पानि परिरहेको छ भने अधिकांस हिमाली भेगहरुमा हिमपात पनि भइरहेको छ । यो सगै हिमालि भेगका अधिकांस बिद्यालयहरुमा पठन–पाठनमा समेत समस्या भएको छ । अत्याधिक चिसो बढेपछी बिद्र्याथीहरु्रले बिद्यालय आउन छोडेका छन् । चिसो बढ्दै गएपछी दिन प्रतिदिन बिद्यालय आउन बिद्यानर्थिहरुको सङख्यामा कमि हुदै गएको पाइएको छ । बिशेष गरि बिहान पठनपाठन हुने बिद्यालयहरुमा झन थप समस्या भएको छ । दिन प्रतिदिन चिसो बढ्ढै गएको बेला मंगलवार साँझ देखि लगातार वर्षा भएपछी जिल्लाका हिमाली भेगहरुमा हिमपात भएपछी अन्य सवै ठाँउहरुमा पनि लगातार पानि परिरहेको हुदा अहिले जिल्लाका सवै ठाँउहरुमा अत्याधिक चिसो बढेको छ ।
चिसो बढेपछी जिल्लाबासिहरु घर बाहिर निष्कन पनि निकै कठिन भइरहेको छ । घरभित्रै आगो तापेर बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । बिगतका वर्षहरुमा कहिले हिमपात नहुने ठाँउहरुमा पनि हिमपात भएको पाइएको छ । यस्तै लगातार वर्षा अझ केही दिन सम्म निरन्तर हुने हो भने जनजिवन थप प्रभाबित बन्ने सम्भावना उच्च देखिन्छ । दिन प्रतिदिन बढ्ढै गएको चिसोका कारण जिल्लामा बिरामीहरुको सङख्यामा पनि अत्याधिक बढेको छ ।