
मुकेश नेपाली– पछिल्लो समयमा कोराना भाईरस (कोभिट- १९) ले विश्वलाई नै त्रसित बनाएको बेला साहित्यकार शाहि ले सामाजिक कार्यलाई निरन्तरता दिदै आएकि छन । कोरोना महामारीमा मात्र नभएर शाहिले अरु समयमा पनि बाजुराका अनाथ,असय र निम्न वर्गका मानिसहरुलाई विभिन्न ठाउँबाट स्रोत जुटाएर सामाजिक सेवा गर्दै आएकी छन । आफ्नो साहित्य लेखन लाई निरन्तरता दिदै सहित्यकार एबं समाजिक अभियानता शाहिले सामाजिक कामलाई पनि उति नै निरन्तरता दिएकी छन् । पछिल्लो समयमा कोरोना भाईरस (कोभिड–१९) को दोर्साे लहर सुरु भएर विश्वलाई नै आक्रान्त बनाएको छ ।
उक्त महामारीमा साहित्यकार रिता शाहिले हाम्रो टिम नेपाललाई अनुरोध गरेर बाजुराको लागि १६ सय सर्जिकल मास्क उपलब्ध गराएकि छन । आफुले लामो समयले देखि हाम्रो टिम नेपाललाई बाजुराको लागि अक्सिजन सिलेन्डर, सेनिटाईजर र मास्कको लागि अनुरोध गरेको र तत्काल लाई सर्जिकल मास्क सहयोग गरेको शाहिले बताएकि छन । शाहिद्वारा वितरित मास्कहरु काठमाडौमा कृतिपुर कृषि शाखा अधिकृत गणेश थापा (काजी थापाले) प्रिाप्त गरेर धनगढी पठाई दिएको शाहिले बताएकी छन ।
साथै शाहिले यो महामारीमा सहयोगको लागि हाम्रो टिम नेपाल र गणेश थापालाई धन्यवाद व्यक्त गरेकि छन । शाहिले मास्क आफ्नो हातमा परे लगत्तै जिल्ला अस्पताल बाजुरा सुरक्षाकर्मी र फन्टलाइनमा काम गर्ने पत्रकारलाई हस्तान्तरण गर्ने बताएकी छन । त्यस्तै विषम परिस्थितिमा जिल्लाको लागि अरु निकायहरुलाई पनि मास्क, सेनिटाईजर अक्सिजन सिलेन्डर खाद्यान्नको लागि पहल गरेको साहित्यकार एवम् समाजसेवी रिता शाहीले बताइन ।